• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

आफ्नै बुवाले बन्धक बनाई चरम यातना दिएको पीडित ममताको आरोप

आफ्नै बुवाले बन्धक बनाई चरम यातना दिएको पीडित ममताको आरोप

ललिता साह
राजविराज, २ फागुन । एक–अर्काले मन पराएर आफूसँग जात नमिल्ने सुभाष शर्मा सँग बिबाह गरेकै कारण आफ्नै बुवाले जन्जिरमा बाधेर बन्धक बनाई चरम शारिरीक तथा मानसिक यातना दिएको एक महिलाले आरोप लगाएकी छिन् ।
सिरहाको नवराजपुर गाउपालिका वडा नम्वर १ कि ममता कुमारी साहले बुवा अजय साह, काका गोवर्धन साह, मामा काशी साहमाथि जबरजस्ती शरीर बन्धकको गम्भीर आरोप लगाएकी हुन् । ममताका अनुसार सुभाषले आफूलाई बालत्कार गरेको भनेर प्रहरीमा झूठा मुदा दर्ता गर्न बुवा सहित परिवारले दिएको दवाब मैले मान्न अस्वीकार गर्दा उनीहरूले माघ ८ गते आफूलाई घरभित्रै बन्धक बनाएको छ ।
शरीरभरी काटिएको घाउ र निलडाम देखाउँदै दुबै हात खुट्टामा जन्जिरले बाँधेर बुवाले १२ दिनसम्म लगातार निर्घात कुटपीट गर्दै आएको पीडित ममताले बताईन् । आमाको सहयोगमा पहिला लहानमा डेरा लिई बसेको घरपटी दिदीलाई फोन गरी जसोत्यसो प्रहरीलाई खबर गरे । अनि सिरहाकै प्रहरी, महिला अधिकारकर्मी, सञ्चारकर्मी लगायतकाले २० गते मलाई आफ्नै घरबाट उद्घार गरी ल्याईएको ममताले सुनाईन् ।
ईलाका महेशपुर पतारीका प्रहरी निरीक्षक अरविन्द कुमार साह महेशबारीका प्रहरी नायब निरीक्षक सिकेन्दर प्रसाद साह सहित खटिएको टोलीद्वारा माघ २० गते विहान करिब ११ बजे को समयमा पीडित ममतालाई उनकै बुवा सहितको परिवारले बन्धक बनाई राखिएको अवस्थाबाट उद्घार गरीएको जिल्ला प्रहरी कार्यालय सिरहाको प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्वेदीले पुष्टी गरेका छन् ।
यस समबन्धमा बुवा अजय साहसँग भेटेर कुरा गर्दा आफ्नै छोरीले परिवारको बिरूदमा गई अर्को जातको विवाहित केटासँग भागेकोले आफ्नो ईज्जत बचाउन छोरी ममतालाई जन्जिरले बाँधेर राखेको र कुटपीट समेत गरेको स्वीकार गरेका छन् ।
आफूखुशी जात नमिले नि मन मिल्ने सँग विवाह गरेकै कारण आफ्नै बुवा लगायतबाट यातना सहेर ज्यानै जोखिममा राखेर परिवारमा बस्नु भन्दा लहान मुरारका कलेजमा बीए पढ्दै र शिक्षण पेसा समेत अङ्गालेकी ममता आफ्नै खुट्टामा उभेर एक्लै र स्वतन्त्रसँग बस्न सहज र सुरक्षितसँग बाँच्न सक्ने वातावरणमा मिलाई दिनुहुन सरोकारवाला सबैमा आग्रह गरेकी छिन् ।