• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

प्रदेश नम्वर २ मा प्रेस नेपालको नयाँ नेतृत्व

प्रदेश नम्वर २ मा प्रेस नेपालको नयाँ नेतृत्व

राजविराज, २८ माघ । प्रेस फोरम नेपाल र प्रेस सोसाइटी नेपाल सङ्गठन समायोजन भई गठित प्रेस नेपालको प्रदेश नम्वर–२ को नयाँ कार्य समिति गठन गरिएको छ ।
दुवै सङ्गठन बिच समायोजन भई धनुषाको जनकपुरधाममा सोमबार आयोजित एक समारोहका बिच श्यामसुन्दर यादव (सप्तरी)को अध्यक्षतामा नयाँ कार्यसमिति घोषणा गरिएको हो । प्रेस नेपालका केन्द्रिय अध्यक्ष केशव अर्यालले यादवको नेतृत्वमा १९ सदस्यीय समिति घोषणा गरेका छन् ।
समितिको वरिष्ठ उपाध्यक्षमा सुरेश कुमार यादव (धनुषा), उपाध्यक्षहरुमा रामनारायण कापडि(धनुषा), राकेश कुमार यादव (रौतहट), मुकेश कुमार ठाकुर (धनुषा), मुख्य सचिवमा अभरेन्द्र कुमार यादव (सिरहा) रहेका छन् । सचिवमा श्रीनारायण यादव (सिरहा), ललन राउत बरई (रौतहट) र सरोज यादव (सर्लाही) र कोषाध्यक्षमा बन्दना झा (सर्लाही) चयन भएकी छिन् ।
प्रदेश समिति सदस्यमा नागेन्द्र कुमार यादव (महोत्तरी), जितेन्द्र कुमार झा (सप्तरी), राजेश कुमार मिश्र (पर्सा), मनोज कुमार यादव (सर्लाही), शिव कुमार महरा (सिरहा), रामविनय साह (बारा), उषा थापा (धनुषा), विमल गुप्ता (पर्सा), सूर्यनारायण मण्डल (महोत्तरी) र राजकुमार पासवान (सप्तरी)लाई चयन गरिएको केन्द्रिय अध्यक्ष अर्यालले जानकारी दिएका छन् । यसैगरी यस अघि नै प्रेस नेपालको प्रदेश नम्वर–२ को इञ्चार्जमा केन्द्रिय उपाध्यक्ष आतिश कुमार मिश्रलाई तथा सह–ईञ्चार्जमा नविन नरसिंह नेपालीलाई जिम्मेवारी तोकिएको छ ।
कार्यक्रममा समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव, सह–अध्यक्ष राजेन्द्र श्रेष्ठ, उपाध्यक्षहरु रेणु यादव, नवराज सुवेदी, मुख्यमन्त्री लालबाबु राउत, समाजवादी पार्टीका प्रदेश अध्यक्ष तथा आर्थिक मामिला तथा योजना मन्त्री विजय कुमार यादव लगायतले कार्यकाल सफलताकालागि शुभकामना दिएका छन् ।