• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

कागजात किर्ते गरेको आरोपमा मालपोतका एक कर्मचारी पक्राउ

कागजात किर्ते गरेको आरोपमा मालपोतका एक कर्मचारी पक्राउ

राजविराज, २७ माघ । प्रहरीले सरकारी कागजात किर्ते गरेको आरोपमा भूमिसुधार तथा मालपोत कार्यालय सप्तरीका एक कर्मचारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मालपोत शाखाका खरिदार नविन विश्वकर्मा रहेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार डाक्नेश्वरी नगरपालिका वडा नम्वर ९ सखुवा पथरगढाका पुरन चौधरीले दिएको उजुरीका आधारमा विश्वकर्मालाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी तिलक भारतीले सरकारी कागजात किर्ते गरेको प्रमाणसहित उजुरी आएपछि विश्वकर्मालाई पक्राउ गरिएको जानकारी दिए ।
उनी विरुद्ध सरकारी कागजात किर्ते गरेको मुद्दा चलाईएको उनले बताए । घट्नाको थप अनुसन्धानका लागि तीन दिनको म्याद थप गराइएको जनाएको छ । उता, मालपोत कार्यालयका कर्मचारीहरुले भने विश्वकर्मालाई फसाईएको दावी गरेका छन् ।
मोठ स्रेस्ताको फोटो उक्किएको विषयमा चौधरीले विश्वकर्माविरुद्ध उजुरी दिएको उनीहरुको भनाई छ । प्रहरीले वास्तविक्ता नै नवुझि कर्मचारीलाई पक्राउ गरेको भन्दै आईतवार पक्राउ परेका विश्वकर्मालाई रिहाई नगरिए मंगलवारदेखि आन्दोलन थाल्ने कर्मचारीहरुले चेतावनी समेत दिएका छन ।