• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

जङ्गली हात्ती नियन्त्रण हुन नसक्दा सर्वसाधारणमा त्रास कायमै

जङ्गली हात्ती नियन्त्रण हुन नसक्दा सर्वसाधारणमा त्रास कायमै

राजविराज, २७ माघ । वर्षौदेखि कोशी टप्पु वन्यजन्तु आरक्षको हात्तीले सप्तरीको उत्तरी–पूर्वी भेगका सर्वसाधारणलाई त्रसित बनाउँदै आएपनि नियन्त्रणतर्फ स्थानीय, प्रदेश र संघ सरकारको ध्यान पुगेको छैन ।
पछिल्लो पटक सोमवार पनि कञ्चनरुप नगरपालिका वडा नम्वर ११ सितापुरमा आरक्षको हात्तीले घर भत्काएको छ भने स्थानीयहरुले खेतवारीमा लगाएको अन्नवालीमा क्षति पु¥याएको छ । आरक्षबाट वस्ती बसेको हात्तीका एक समूहले छविलाल विकको घर भत्काएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घरको टाट्टी भत्काएर घरभित्र रहेको २ सय किलो धान, एक सय किलो चामल, २ सय किलो मकै खाएको हो । जंगली हात्तीले वर्षौदेखि यसरी क्षति गर्दै आएपनि सम्वन्धित निकायले अझैसम्म कुनै ठोस पहल नगरेको स्थानीय राजकुमार पासवानले गुनासो गरे । ‘स्थानीय सरकारले केही न केही ठोस पहल गर्नेतर्फ ध्यान पु¥याउनुपर्ने हो’ उनले भने–‘तर स्थानीय सरकारले पहल गरेको देखिदैन्।’
जसका कारणले आफ्नै गाउँठाउँमा पनि आफुहरुलाई त्रासपूर्ण वातावरणमा वस्नुपर्ने बाध्यता रहेको बताउँदै उनले जंगली हात्ती नियन्त्रण गर्नेतर्फ ध्यान पु¥याउन सवैमा आग्रह गरे ।