• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

तेश्रो मेयर कप क्रिकेटको उपाधि गोठ पर्साहीले जिते

तेश्रो मेयर कप क्रिकेटको उपाधि गोठ पर्साहीले जिते

उमेशकुमार साह
बोदे बरसाईन, २६ माघ । नागबाबा युवा क्रिकेट टिम देउरीद्वारा सप्तरीको बोदे बरसाईन नगरपालिका वडा नम्वर ९ देउरीमा सञ्चालित तेश्रो मेयर कप टि–२० क्रिकेटको उपाधिमाथि भारत विहारको गोठ पर्साही टिमले कब्जा जमाएको छ ।
प्रतियोगिताको शनिवार सम्पनन फाइनल खेलमा आयोजकलाई हराउँदै गोठ पर्साहीले उपाधि हात पारेको हो । टस जितेर व्याटिङ्ग गर्दै आयोजक टिमले निर्धारित २० ओभरमा १ सय ८० रनको लक्ष्य तयार पारे ।
आयोजककालागि आदर्शले ५९, मुकुन्जले ४६, दयानन्दले ३८, विकाश दासले १०, रोहित सिंहले ८ र मुकेश यादवले १ रनको योगदान दिए । १ सय ८१ रनको लक्ष्यसाथ मैदानमा आएका गोठ पर्साहीले १८ ओभर खेल्दै आफ्नो लक्ष्य प्राप्त गर्न सफल भए । गोठ पर्साहीलाई जित दिलाउन रमेशले १ सय ३५, अमित पटेलले २८ र उदय शेखरले ९ रनको पारी खेले ।
प्रतियोगिता सकिएसँगै आयोजित एक कार्यक्रमकाबीच विजेता, उपविजेता तथा उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार प्रदान गरिएको छ । बोदे बरसाईन नगरपालिका वडा नम्वर ९का अध्यक्ष तपसी यादवको अध्यक्षता तथा सोही नगरपालिकाका नगर प्रमुख आतेशकुमार सिंहको प्रमुख आतिथ्यमा आयोजना गरिएको कार्यक्रममा पुरस्कार वितरण गरिएको हो ।


नगर प्रमुख सिंह र वडाध्यक्ष यादवले संयुक्त रुपमा विजेता टिमलाई नगद ३६ हजार रुपैयाँ, कप तथा प्रमाणपत्र तथा उपविजेतालाई नगद २६ हजार रुपैयाँ, कप तथा प्रमाणपत्र हस्तान्तरण गरेको जनाएको छ । यसैगरी, खेलको म्यान आफ द म्याच विजेता टिमका रमेश सिंह, म्यान अफ सिरिज उपविजेता टिमका आदर्श यादव र उपविजेता टिमकै वेस्ट बलर तथा वेस्ट व्याट्सम्यान क्रमश शिव मण्डल र इमरान जोशीलाई समेत पुरस्कृत गरिएको आयोजक समितिका अध्यक्ष कामेश्वर यादवले जानकारी दिए ।
कार्यक्रममा इलाका प्रहरी कार्यालय कडरबोनाका प्रहरी निरीक्षक रामराजा केशरी, सशस्त्र वेश क्याम्प बोदे बरसाईनका प्रमुख हिमाल केसी, आयोजक समितिका उपाध्यक्ष, उमेशकुमार साह, सचिव कुनदेव यादव लगायतको उपस्थिती थियो ।