• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

नायक निराजन मेहताको हिन्दी म्युजिक भिडियो सार्वजनिक

नायक निराजन मेहताको हिन्दी म्युजिक भिडियो सार्वजनिक

राजविराज । मधेशी पुत्र नामक फिल्मबाट चर्चामा आएका नायक निराजन मेहताको ‘यारियाँ’ हिन्दी म्युजिक भिडियो सार्वजनिक भएको छ ।
एसएसएन नामक यु–ट्युब च्यानलबाट उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो । म्युजिक भिडियोमा नायक निराजनका साथै महेश सन्चुरी, तारा अधिकारी शंकर मण्डल निर्माता रहेको गीतको शब्द रचना सञ्जय अमानले गरेका छन् । विक्रमजित राँझाको सङ्गीत रहेको म्युजिक भिडियोको छायाङ्कन एवम् सम्पादन चुनु शर्मा, ड्रन क्यामेरा छायाङ्कन नगिन धिमालले गरेका छन् ।
युवा निर्देशकको रुपमा समेत परिचय पाउँदै गएका मेहता विगत डेढ दशकदेखि निरन्तर कला क्षेत्रमा संघर्षरत छन् । प्लस टु सम्मको अध्यन पुरा गरेपछि २०५८ सालमा सडक नाटकबाट ओैपचारिक रुपमा उनी कलाकारितामा प्रवेश गरेका हुन् । तत्पश्चात मैथिली भाषाको टेलिसिरियल ‘रवि ब्रत’ कथामा काम गरे तर कारणवश उक्त सिरियलको काम अगाडि बढ्न सकेन ।
२०६२ सालमा चलचित्र क्षेत्रमा प्रवेश गरेका मेहता भारतको सागर जित राय र सतियर्थ सिन्हा सँग ‘ड्राइभर बाबु’मा सहायक भएर काम गरे । करिब ४ वर्ष मुम्बई बसाइको क्रममा विभिन्न निर्माता, निर्देशक तथा कलाकारहरुसँग घुलमिल हुने र सिक्ने मोैका पाए ।
२०६५ सालमा जन्मथलो फर्केपछि भिडियो फिल्म ‘अन्धोपन’ निर्माण गरे र २०६६ मा भोजपुरी भाषाको फिल्म ‘हम दिवाना है तोहार’मा मुख्य अभिनेता तथा निर्देशन पनि गरेका छन् । तत्पश्चात मधुमाला, डि.एप्पल, तिमी विना मलाई जिउनु छैन, लगायतका फिल्महरुमा सफलतापूर्वक निर्देशन गरिसकेका छन् ।
मधेशको पहिलो राजनिजिक फिल्म ‘मधेशी पुत्र’मा समेत नायकको भूमिका निभाएका थिए । उक्त फिल्मको लेखन तथा निर्देशन मेहताले नै गरेका थिए । तत्पश्चात उनी मधेशीपुत्र–२ को निर्माण कार्य अगाडि बढाएको छ । उनले दर्जनौ नेपाली, मैथिली तथा भोजपुरी म्युजिक भिडियोहरुमा समेत मोडलिङ्ग गरिसकेका छन् ।