• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

बालसंसार

मावि बेल्ही चपेनामा व्यक्तित्वकला प्रतियोगिता

मावि बेल्ही चपेनामा व्यक्तित्वकला प्रतियोगिता

राजविराज, ७ माघ । कोक्याप काठमाण्डौको सहयोगमा सेतु सामुदायिक विकास तथा मानव अधिकार मञ्चको आयोजनामा सप्तरीको राजगढ गाउँपालिका वडा नम्वर–४ स्थित जनता माध्यमिक विद्यालय बेल्ही चपेनामा व्यक्तित्वकला प्रतियोगिता आयोजना गरियो ।
सामाजिक परिवर्तनकालागि यूवा परियोजना अन्तर्गत लैङ्गिक मैत्री समाज निर्माणमा मेरो भूमिका विषयक विद्यालयस्तरीय व्यक्तित्वकला प्रतियोगिता मङ्गलवार आयोजना गरिएको हो । प्रतियोगितामा कक्षा ९ मा अध्ययनरत छात्र विवेक कुमार मण्डल, कक्षा १० मा अध्ययनरत छात्रा सुस्मिता कुमारी मण्डल दोस्रो, कक्षा ८ मा अध्ययनरत छात्र चन्दन कुमार मण्डल तृतीय तथा कक्षा ९ मा अध्ययनरत अमृता कुमारी मण्डलले सान्त्वना स्थान प्राप्त गरेका छन् । प्रतियोगितामा ९ जना छात्रछात्राले सहभागिता जनाएका थिए ।
विद्यालयका प्रधानाध्यापक हरिगुण पंडितको अध्यक्षता तथा वडा नम्वर–४ वडा अध्यक्ष हेमनारायण साहको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा कोक्यापका राष्ट्रिय उपाध्यक्ष आभासेतु सिंह, आयोजक संस्थाका अध्यक्ष सेकडिहुरफका अध्यक्ष जङ्गबहादुर सिंह, नेपाल पत्रकार महासंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, सशस्त्र प्रहरी सुरक्षा बेस क्याम्प पत्थरगाडाका ईञ्चार्ज अवरेन्द्र यादव, समाजसेवी राजन मण्डल लगायतले लैङ्गिक हिंसा न्यूनिकरणबारे आ–आफ्नो धारणा राखे ।
वक्ताहरुले छोरा जस्तै छोरीलाई पनि शिक्षादिक्षाका साथै समुचित वातावरण पाउनुपर्ने आवश्यकता औंल्याउँदै छोराहरुले गर्न नसक्ने अभूतपूर्व क्षमता छोरीहरुमा रहेकोले उसको क्षमतालाई प्रष्फुटित हुन दिनुपर्ने बताए । छोरीहरुको प्रोत्साहन गर्न गाउँपालिका समेत प्रतिवद्ध रहेको भन्दै उच्च मनोबलकासाथ अगाडि बढ्न समेत उनीहरुले आग्रह गरे ।