• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

सप्तरी

राष्ट्रिय दलित पत्रकार संघ सप्तरीको अध्यक्षमा राम

राष्ट्रिय दलित पत्रकार संघ सप्तरीको अध्यक्षमा राम

राजविराज, ०३ माघ । सप्तरीको राजविराजस्थित राष्ट्रिय दलित पत्रकार संघ, नेपाल सप्तरीको शुक्रवार प्रथम भेला सम्पन्न भएको छ । भेलाले संघको जिल्ला कार्य समिति सप्तरीको अध्यक्षमा विद्यानन्द राम सर्वसम्मतले चयन भएका छन् ।
संघका केन्द्रिय उपाध्यक्ष भोला पासवानको प्रमुख आतिथ्यमा आयोजित भेलाले गठित समितिको उपाध्यक्षमा दिपेन्द्र पासवान, सचिवमा अर्चना दर्जी, कोषाध्यक्षमा किशोर पासवान सर्वसम्मतले चयन भएका हुन् । समितिका अध्यक्ष राम जनता टेलिभिजन र न्यूज टुडे दैनिक पत्रिका, उपाध्यक्ष पासवान स्वतन्त्र, सचिव दर्जी रेडियो जय मधेश, कोषाध्यक्ष पासवान अवलोकित दैनिक पत्रिकामा कार्यरत रहेका छन् ।
यसैगरी, समितिको सदस्यहरुमा श्यामसुन्दर पासवान, सुनील सरवरीया, महेन्द्र सदा, राधेश्याम राम र पर्मिला पासवान रहेका छन् । समितिको सल्लाहकारमा भने अग्रज पत्रकार राजु विश्वकर्मा र राजकुमार पासवान चयन भएका छन् । अध्यक्ष रामकै अध्यक्षतामा आयोजित भेलामा संघका केन्द्रिय उपाध्यक्ष पासवान, नेपाल पत्रकार महासंघ शाखा सप्तरीका कोषाध्यक्ष शुभचन्द्र झा, प्रेस संगठनका केन्द्रिय सदस्य राजु विश्वकर्मा, मनोजकुमार मेहतर, बद्री मेहतर लगायतले नव गठित पदाधिकारीहरुलाई सुखद् कार्यकालकालागि शुभकामना दिएका थिए ।