• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

मुख्यमन्त्री राउतद्वारा नगरस्तरीय अस्पताल भवनको शिलान्यास

मुख्यमन्त्री राउतद्वारा नगरस्तरीय अस्पताल भवनको शिलान्यास

जनकपुरधाम, २२ पुस । प्रदेश नम्वर–२ मुख्यमन्त्री लालबाबु राउतले धनुषाको गणेशमान चारनाथ नगरपालिका–६ गोदारमा मङ्गलबार एक कार्यक्रमका बीच नगरस्तरीय अस्पताल भवनको शिलान्यास गरेका छन् ।
गणेशमान चारनाथ नगरपालिकाले आयोजना गरेको एक कार्यक्रमका बीच मुख्यमन्त्री राउतले १५ शैय्याको नगरस्तरीय अस्पताल भवनको शिलान्यास गरेका हुन् । अस्पतालक भवनको शिलान्यास गर्दै मुख्यमन्त्री राउतले प्रदेश २ को विकास बिना देश समृद्ध हुन नसक्ने तर्क गरे ।
स्वास्थ्य, शिक्षा लगायतको क्षेत्रमा पछाडी परेको प्रदेश २ को विकास गरेर देशलाई समृद्ध बनाउनुपर्ने धारणा राखे । ती दलका नेताहरु मधेशप्रति इमान्दार नभएकै कारण यहाँको जनताले विकासको अनुभूति गर्न नसकेको उनले तर्क गरे ।
गणेशमान चारनाथ नगरपालिकाका प्रमुख रामबाबु यादवको अध्यक्षतामा भएको कार्यक्रममा समाजवादी पार्टी संसदीय दलका उपनेता रामअशिष यादव, नेकपाका प्रदेश सभा सदस्य किशोरी साह, समाजवादी पार्टीका केन्द्रिय सदस्य दिपक कार्की, केन्द्रिय परिषद् सदस्य श्याम यादव, नगर उपप्रमुख मिना कुमारी यादव लगायतले शुभकामना मन्तव्य व्यक्त गरे । स्थानीय केदार बहादुर सिंहले उपलब्ध गराउनुभएको एक विग्हा जग्गामा सात करोड २० लाख ९६ हजारको लागतमा नगरस्तरीय अस्पताल निर्माण हुन लागेको छ ।
उक्त अवसरमा जग्गादाता सिंहलाई नगरपालिकाले सम्मान गरेको थियो । उक्त नगरस्तरीय अस्पतालको निर्माण कार्य तीन वर्षमा पुरा हुने नगरपालिकाका ई. लखनदेव यादवले जानकारी दिए ।