• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

प्राथमिक बिधालय मोहनपुरका विद्यार्थीलाई न्यानो कपडा वितरण

प्राथमिक बिधालय मोहनपुरका विद्यार्थीलाई न्यानो कपडा वितरण

बृजमान तामाङ
हरिवन, १७ पुस । सर्लाहीको हरिवन नगरपालिका वडा नम्बर–३ का प्राथमिक विद्यालय मोहनपुरका ८० जना छात्रछात्रालाई बिहीवार न्यानो कपडा वितरण गरेका छन् ।
द बर्गर हाउस एण्ड क्रन्ची फ्राई चिकेनका सञ्चालक वसन्त थोकर तामाङले विद्यालयमा अध्यनरत बिद्यार्थीहरुलाई न्यानो कपडा बितरण गतेको हो । विद्यालयद्वारा विद्यालय परिसरमा आयोजित एक कार्यक्रमका बिच सञ्चालक तामाङ र समाजसेवी युवा नेता संजिव मोक्तानले संयुक्त रुपमा८० जना छात्रछात्रालाई ट्रयाकसुट वितरण गरे ।
बिद्यार्थीलाई न्यानो कपडा वितरण गर्दै तामाङले ठण्डीबाट जोगाउन कपडा वितरण गरेको बताए । उनले न्यानो कपडा हस्तान्तरण गर्दै बिद्यार्थीलाई पढाइ–लेखाईमा ध्यान दिन आग्रह गरे । समाजसेवी मोक्तानले जाडोमा बिद्यार्थीलाई विद्यालय जान कठिनाइ भएकोले न्यानो कपडाको ब्यवस्था मिलाईएको बताए ।
गरिव, बिपन्न बिद्यार्थीलाई न्यानो कपडाले ठूलो राहात पुग्ने हुदा सरकारले पनि सहयोग गर्नुपर्नेमा उनले जोड दिए । न्यानो कपडाकै कारण अति विपन्न परिवारका विद्यार्थी विद्यालय जानबाट बन्चित हुने गरेकोले सरकारी सहयोग आबश्यक रहेको मोक्तानले बताए । समाजसेवी मोक्तानको अग्रसरतामा द वर्गर हाउस एण्ड क्रन्ची फ्राई चिकेनले न्यानो कपडा उपलब्ध गराएको थियो ।