• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

पर्यटन

ऐतिहासिक सम्पदाको सुचीमा परेको चन्द्र नहर

पर्यटककालागि आकर्षणको केन्द्र
ऐतिहासिक सम्पदाको सुचीमा परेको चन्द्र नहर

राजविराज, १६ पुस । मुलुकमा २० लाख पर्यटक भित्र्याउने तथा पर्यटकलाई अर्थतन्त्रको मुख्य अंगका रुपमा स्थापित गर्ने उदेश्यका साथ नेपाल भ्रमण वर्ष २०२० सुभारम्भ भएको छ । तर, पर्यटक भित्र्याउने सकिने प्रचुर सम्भावना बोलेको सप्तरीस्थित नेपालकै पुरानो सिंचाई प्रणाली चन्द्र नहर भने सरकारी उदासिनता तथा प्रचारप्रसार अभावका कारण उपेक्षित बन्न पुगेको छ ।
ऐतिहासिक सम्पदाको सुचीमा परेको नेपालकै सवैभन्दा पुरानो सिंचाई प्रणाली हो, चन्द्रनहर । उसो त विक्रम सम्वत १९८० को दशकलाई नेपाली कृषि जगतका लागि निकै महत्वपुर्ण मानिन्छन् । मुलुकमा व्यवस्थित सिंचाई प्रणालीको शुरुवात पनि ८० कै दशकमा भएको हो ।
त्यतिवेला मुलुकमा ‘जहानियाँ राणा शासन व्यवस्था’ थियो । यद्यपी ‘सुधारवादी’ राणा प्रधानमन्त्री चन्द्र शम्शेरले मुलुककै पहिलो सिंचाई प्रणाली चन्द्र नहरको स्थापना गरेको हो । भनिन्छन्, त्यतिवेला बेलायत भ्रमरणबाट फर्किएका रणा प्रधानमन्त्री शम्शेरले भारतमा शासन गरिरहेका ‘इस्ट इण्डिया कम्पनी सरकार’ सँग समन्वय गरि त्यहाँवाट विज्ञ प्राविधिकहरुलाई बोलाएर चन्द्र नहर निर्माण कार्य थालेका थिए ।
विक्रम सम्वत १९८० वाट निर्माण कार्य थालिएको चन्द्र नहर १९८५ वाट सञ्चालनमा आएको हो । चन्द्र नहर सञ्चालनमा आएको ९० वर्षबढी भईरहेको छ । तर मुलुककै लागि धरोहरको रुपमा रहेको पहिलो सिंचाई प्रणालीको अवस्था बेहाल भएको छ ।
सप्तरीको सप्तकोशी नगरपालिका–१ स्थित फत्तेपुर बजार तथा उदयपुर जिल्लाको सिमाना भएर वग्ने त्रियुगा खोलाबाट निकालिएको चन्द्र नहरले ११ हजार हेक्टरमा सिंचाई पु¥याउदै आएको थियो । तर हाल नहरको अवस्था जीर्ण वन्दै गएका कारण कुल कमाण्ड एरियाको पचास प्रतिशत पनि सेवा पु¥याउन सकिरहेको छैन ।
नेपालकै सबैभन्दा पुरानो नहर भएपनि सरकारी उपेक्षाले खण्डहर बनेको छ । तथापी, सप्तरीमा भ्रमण वर्ष २०२० मनाउन गठित जिल्ला पर्यटन समन्वय समितिले यस नहरलाई समेत प्रचारप्रसार गर्नुपर्ने आवश्यता रहेको वृद्धिजीवीहरुको भनाई छ ।