Top_Header_Right_Add

लागुऔषधसहित ठाकुर पक्राउ

लागुऔषधसहित ठाकुर पक्राउ

राजविराज, १६ पुस । प्रहरीले बुधवार सप्तरीको बोदे बरसाईन नगरपालिका वडा नम्वर ७ बाट एक युवकलाई लागुऔषधसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा खडक नगरपालिका वडा नम्वर ८ का २४ वर्षीय जयप्रकाश ठाकुर रहेका छन् । भारतबाट नेपालतर्फ स७प ७२३३ नम्वरको मोटरसाईकलमा सवार भई आईसकेको ठाकुरलाई चेकजाँच गर्दा उनकासाथबाट लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार ठाकुरको साथबाट २५ थान नाईट्रोभेट ट्यावलेट बरामद भएको छ । ठाकुरमाथि थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय राजविराजका डिएसपी तिलक भारतीले जानकारी दिएका छन् ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer