• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

१४ बुँदे माग गर्दै छिन्नमस्ता गाउँपालिका कार्यालय घेराउ

आफ्नै कार्यालयमा थुनिए अध्यक्ष र उपाध्यक्ष
१४ बुँदे माग गर्दै छिन्नमस्ता गाउँपालिका कार्यालय घेराउ

राजविराज, १५ पुस । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संघर्ष समिति छिन्नमस्ताले १४ बुँदे माग राख्दै मङ्गलवार सप्तरीको छिन्नमस्ता गाउँपालिका कार्यालय घेराउ गरी प्रदर्शन गरेको छ ।
दिउँसो १२ बजेदेखि कार्यालय घेराउ गरेका कारण गाउँपालिका अध्यक्ष सुर्यनारायण मण्डल, उपाध्यक्ष उषाकुमारी मण्डलसहितका कर्मचारीहरु दिनभर कार्यालयमै थुनिएका छन् । साँझ ६ बजेतिर जिल्ला प्रहरी कार्यालय राजविराजबाट पुगेको प्रहरी टोलीले सुरक्षा घेरा बनाएर उनीहरुलाई कार्यालयबाट निकालेका हुन् । आन्दोलनकारीहरुले दिनभर कार्यालय अगाडी प्रदर्शन गरेको गरेको छ भने सोही क्रममा प्रहरी र आन्दोलनकारीबीच घम्साघम्सी समेत भएको छ । घम्साघम्सीको क्रममा प्रहरीको धक्का लागेर भुँईमा लड्दा ६८ वर्षीया घुरनीदेवी यादवको टाउकोमा चोट लागेको छ । चोट लागेर घाइेत भएकी यादवलाई उपचारकोलागि राजविराजस्थित गजेन्द्रनारायण अस्पताल पठाइएको छ ।
सामाजिक सुरक्षा भत्ता (वृद्ध, एकल महिला, अपाङ्ग, दलित, बालबालिका) अविलम्व वितरण गर, वडा भेला–गाउँसभा पारदर्शिताले अविलम्व गर, आर्थिक वर्ष ०७५–०७६ को आय–व्यय सार्वजनिक गर, कृषकहरुलाई सुलभ तरिकाले विउविजन–मलखाद्य उपलब्ध कर, करार कर्मचारको नियुक्ती प्रक्रिया सार्वजनिक गर, सूचना समयमा उपलब्ध गर उनीहरुले माग गरेका छन् ।
यसैगरी, गत आर्थिक वर्षमा उपभोक्ता समितिले गरेको कार्यको भुक्तानी गर, भुमिविहिन, गरिब, दलित, अल्पसंख्यक समूदायको लागि विशेष योजना ल्याउ, मजदुर तथा किसान लक्षित विशेष योजना ल्याउ, वेरोजगार युवाहरुकालागि स्थानीयस्तरमा कृषि तथा पशुपालन योजनामा आधारित विशेष योजना ल्याउ, लागु पदार्थ, मदिरा, दुव्र्यसन विरुद्ध विशेष कार्यक्रम ल्याउ, प्रधानमन्त्री स्वरोजगार कार्यक्रमका योजनाहरु उत्पादनमुलक योजनासँग जोड, गाउँपालिकामा भएको भ्रष्टाचार विरुद्ध सर्व पक्षित छानविन समिति गठन लगायत १४ बुँदे माग राखेर सर्घष समितिले आन्दोलन थालेका हुन् । माग सम्वोधनतर्फ सम्वन्धित पक्षले ध्यान नपु¥याए थप सशक्त आन्दोलन गर्ने उनीहरुले चेतावनी समेत दिएका छन् ।