• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

यादव दम्पत्तीद्वारा वृद्ध एवम् साधुलाई कम्बल वितरण

यादव दम्पत्तीद्वारा वृद्ध एवम् साधुलाई कम्बल वितरण

राजविराज, २९ मंसिर । विगत केही दिनयता चिसो बढेसँगै सप्तरीको विष्णुपुर गाउँपालिका वडा नम्वर–६ का एक दम्पत्तीले जिल्लाका वृद्ध एवम् साधुलाई आइतवार कम्बल वितरण गरेको छ ।
दिवङ्गत छोराको १४औं दिनको पुण्यतिथिको अवसर पारेर अशोक कुमार यादव र सीता देवी यादवले आफ्नै निवासमा भोजन समेतको व्यवस्था गरी न्यानो कम्बल र कमण्डलु एक–एक थानको दरले १ सय ८५ जनालाई वितरण गरेका हुन् । चिसो बढ्दैगएकोले प्रायः बढी प्रभावित हुने वृद्धवृद्धा तथा साधुसन्तलाई लक्षित गरी कम्बल र कमण्डलु वितरण गरेको यादवले जानकारी दिए ।
उनका जेठो छोरा ई. रितेश कुमार यादवको गत पुस १७ गते असामयिक निधन भएको थियो । बामपन्थी राजनीतिमा सक्रिय रहँदैआएका अशोक नेकपाका जिल्ला नेता हुन् । उनका एक छोरा र तीन छोरी रहेको छ ।