जनकपुरधाम, २९ मसिर । प्रदेश नम्वर २ का मुख्यमन्त्री लालबाबु राउतले धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरमा शुक्रबार राती भएको बम बिस्फोट घटनाको पीडित परिवारलाई भेटेका छन् ।
आइतवार बिहानै टोली सहित उनी घटनास्थल पुगेका हुन् । मुख्यमन्त्री राउतले घाइतेहरुको सम्पुर्ण उपचार खर्च प्रदेश सरकारले व्यहोर्ने र मृतक परिवारलाई राहत समेत उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरे । मृतक परिवारलाई उपलब्ध गराईने रकमबारे आउँदो मन्त्री परिषद्को बैठकबाट निर्णय गरिने उनले बताए ।
टोलीमा प्रदेश सभाका सभामुख सरोज यादव, प्रमुख सचेतक शैलेन्द्र यादव, मुख्य न्यायायाधिवक्ता दिपेन्द्र झा, प्रदेश सभा सदस्य सिघासन साह कलबार सहितको सहभागिता रहेको थियो । बम बिस्फोटको घटनामा परि प्रहरी निरीक्षक सहित ३ जनाको मृत्यु भएको छ भने ४ जना घाइते भएका छन् । घाइतेहरुको वि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचार भईरहेको छ ।
राष्ट्रिय
मुख्यमन्त्री राउतद्वारा बम बिस्फोट घटनाको पीडित परिवारसँग भेटघाट
घाइतेको उपचार खर्च सरकारले ब्यहोर्ने, मृतकलाई क्षतिपूर्ति