• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

पर्यटन

सप्तरीमा पर्यटन वर्ष जिल्ला समन्वय समिति गठन

सप्तरीमा पर्यटन वर्ष जिल्ला समन्वय समिति गठन

राजविराज, २७ मंसिर । पर्यटन प्रवद्र्धन सम्वन्धी गतिविधिहरु सञ्चालन गर्न सप्तरीमा पर्यटन वर्ष २०२० जिल्ला समन्वय समिति गठन गरिएको छ ।
जिल्ला समन्वय समितिका प्रमुख प्रभाकर यादवको अध्यक्षतामा शुक्रवार सम्पन्न सरोकारवालाहरुको भेलाबाट १५ सदस्यीय समिति गठन गरिएको हो । समितिको संयोजकमा प्रभाकरलाई नै सर्वसम्मत चयन गरिएको छ । समितिको सदस्यमा इतिहासविद् डा. पिताम्बर लाल यादव, वरिष्ठ पत्रकार शिवहरि प्रसाद भट्टराई, पत्रकार श्यामसुन्दर यादव, ईन्जिनियर ईन्द्रनारायण देव, छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष सूर्यनारायण मण्डल, राजविराज नगरपालिकाकी उपमेयर साधना झा, पूर्व मेयर एवम् होटेल व्यवसायी शैलेश चौधरी रहेका छन् ।
समितिको सदस्यमा हनुमाननगर कंकालिनी नगरपालिकाका मेयर शैलेश साह, तिरहुत गाउँपालिकाका अध्यक्ष मनोज बहरखेर यादव, अग्नीसाइर कृष्णासवरण गाउँपालिकाका प्रमुख प्रशुराम चौधरी, सप्तरी उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष शंकर कुमार दास, व्यवसायी बैजनाथ जोशीलाई चयन गरिएको छ । यसै समितिमा सप्तकोशी नगरपालिकाबाट तथा कोशी व्यारेज क्षेत्रबाट एक एक जना सदस्य चयन गरिने समन्वयकर्ता सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष समेत रहेका प्रदेश समन्वय समितिका सदस्य अरुण कुमार प्रधानले जानकारी दिएका छन् ।
उनका अनुसार समितिको सल्लाहकारमा जिल्ला स्थित नेकपा, नेपाली कांग्रेस, समाजवादी र राष्ट्रिय जनता पार्टीका अध्यक्षहरु, शिक्षाविद् विजयानन्द झा, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, नागरिक समाज सप्तरीका अध्यक्ष थानसिंह भन्साली, व्यवसायी एवम् सञ्चार उद्यमी शिवनारायण साह, राजविराज नगरपालिकाका मेयर शम्भु प्रसाद यादव, यातायात व्यवसायी नुरुल होदा अन्सारी, व्यवसायी प्रमोद कावरा लगायतका छन् ।