• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

तेरहौताको बंगुर फार्ममा अज्ञात रोग, रोकिएन बंगुर मर्ने क्रम

तेरहौताको बंगुर फार्ममा अज्ञात रोग, रोकिएन बंगुर मर्ने क्रम

राजविराज, २४ मंसिर । सप्तरीकोे रुपनी गाउँपालिका–६ तेरहौताका किसानहरुद्वारा सञ्चालन गरिएको बंगुर फर्ममा अज्ञात रोग फैलिएको छ ।
रोगको संक्रमणबाट हालसम्म ४५ वटा बंगुर मरेका छन् । मुख सुन्निने, शरीरको तापक्रम बढ्ने र जिउ काम्ने जस्ता लक्षण देखिएको १ घण्टाभित्र बंगुर मर्ने गरेको फर्मका सञ्चालक कुलानन्द चौधरीले जानकारी दिएका छन् । उनका अनुसार सोमबार दिउँसो २ बजेदेखि मंगलबार १२ बजेसम्म फर्ममा रहेको ३५ वटा बंगुर मरेको हुन् । बंगुर धमाधम मर्न थालेपछि ग्रमिण पशु स्वास्थ्यका कर्मचारीबाट उपचार सेवा सुरु गराएपनि बंगुर मर्ने क्रम अझै जारी नै रहेको सञ्चालक चौधरीले बताए ।
बंगुर मर्ने क्रम नरोकिएपछि सो स्थानमा फर्म सञ्चालन गरेका अन्य किसानहरु समेत चिन्तित भएका छन् । सो स्थानमा मात्रै करोडौंको लगानी गरेर भद्र कुमारी लामा, सुबास राई, सन्जमान तामाङ लगायतले बंगुर फर्म सञ्चालन गरेका हुन् ।
यता, पशु स्वास्थ्य सम्पर्क केन्द्र सप्तरीका प्रमुख सुर्यनारायण शर्माले रोग फैलिएको पुष्टि गर्दै सोबारे माथिलो निकायमा जानकारी गराईसकेको र ल्याव टेष्टसहितको चिकित्सक टोली पठाउने तयारी भईरहेको जानकारी दिएका छन् ।