• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

रामराजा सिंह प्रतिष्ठान निर्माण कार्यलाई अगाडि बढाउन प्रमलाई ज्ञापन–पत्र

रामराजा सिंह प्रतिष्ठान निर्माण कार्यलाई अगाडि बढाउन प्रमलाई ज्ञापन–पत्र

राजविराज, २४ मंसिर । राजविराजमा रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण कार्यलाई तिव्रता प्रदान गर्न गठित जनदवाब समितिले मङ्गलवार प्रधानमन्त्रीकालागि ज्ञापन पत्र वुझाएका छन ।
राजविराजमा नाराजुलुस प्रदर्शन गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीकालागि ज्ञापन पत्र बुझाईएको हो । समितिका संयोजक सुखराम यादवको अगुवाईमा पुगेका समिति आवद्ध स्थानीयहरुले निमित्त प्रमुख जिल्ला अधिकारी आनन्द ठाकुरलाई ज्ञापन पत्र वुझाउँदै आफुहरुले अघि सारेको एक सुत्रीय उपर सरकारले तत्काल आवश्यक पहल गर्न आग्रह गरेका छन ।
ज्ञापन पत्रमा प्रतिष्ठान निर्माण कार्यमा भईरहेको ढिलाईले स्थानियवासिन्दामा निरासा छाएको उल्लेख गर्दै अविलम्व आवश्यक कार्य अगाडी बढाउन प्रधानमन्त्रीसँग आग्रह गरिएको छ । ०७५ पौष २३ गते बसेको मन्त्री परिषद्को बैठकले सप्तरीको राजविराज नगरपालिका वडा नम्वर १० विरौलस्थित रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयअनुसार प्रतिष्ठान निर्माणको काम अघि बढाउन तीन महिनाअघि गजेन्द्रनारायण सिंह अस्पताल परिसरमा पुर्वाधार तयारी विकास समितिको कार्यालय समेत स्थापना गरिएको छ । प्रतिष्ठान निर्माण हुने स्थलमा माटो परिक्षण, भूमीको अवस्था, वातावरणीय प्रभाव र मुल्यांकन तथा डिपिआर लगायतका काम अघि बढाउन प्रारम्भिक खर्च वापत ४० करोड रुपैया बजेट समेत समितिलाई उपलब्ध गराईसकिएको छ । तथापी प्रतिष्ठान निर्माण कार्य भने अघि बढ्न नसकेकोमा ज्ञापन पत्रमार्फत चिन्ता व्यक्त गरिएको छ ।
प्रतिष्ठान निर्माण अगावै विभिन्न बहानामा अन्यत्र सार्ने षड्यन्त्र भईरहेको उल्लेख गर्दै ज्ञापन पत्र मार्फत स्थानिय जनतामा बढेको अन्यौलता समाप्त पार्नकालागि सम्वोधन गर्न अनुरोध गरिएको छ ।