• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

हरवाचरुवा मञ्चद्वारा प्रजिअलाई ज्ञापन–पत्र

हरवाचरुवा मञ्चद्वारा प्रजिअलाई ज्ञापन–पत्र

राजविराज, २४ मंसिर । ७१औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा मङ्गलवार राजविराजमा हरवाचरवा अधिकार मञ्च सप्तरीद्वारा जिल्ला प्रशासन कार्यालयमा ८ बुँदे ज्ञापनपत्र बुझाईएको छ ।
हरवाचरवाको अधिकार, भूमीमा स्वामित्व, रोजगारीको सुनिश्चितता, वास, गास र कपासको व्यवस्था सहित विभिन्न मागहरुकासाथ ज्ञापनपत्र बुझाईएको हो । जिल्लाको विभिन्न स्थानहरुबाट सयौंको संख्यामा आएका हरवाचरवाहरुले निमित्त प्रमुख जिल्ला अधिकारी आनन्द ठाकुरलाई ज्ञापनपत्र बुझाएका छन् ।
हरवाचरवा अधिकार मञ्चका केन्द्रीय संयोजक लोकेन्द्र सदा, जिल्ला अध्यक्ष देवलाल राम समेतको अगुवाइमा र्याली सहित ज्ञापनत्रि बुझाईएको हरवाचरवा जिल्ला समन्वय संयोजक पार्थो सरकारले जानकारी दिएका छन् ।