Top_Header_Right_Add

बालिकालाई अपहरण गर्न खोज्दा समातियो भारतीय नागरिक

‘लाहरको मानसिक अवस्था ठिक नरहेको प्रारम्भिक अनुसन्धानबाट देखिएपनि बंगाली भाषा मात्रै बोल्ने गरेका कारण वास्तविकता वुझ्न समस्या भईरहेको छ’ डिएसपी भारतीले भने–‘थप कुरा वुझ्ने प्रयास भईरहेको छ ।’
बालिकालाई अपहरण गर्न खोज्दा समातियो भारतीय नागरिक

राजविराज, १० मंसिर । सप्तरीमा एक बालिकालाई अपहरण गर्न खोजेको आरोपमा दुई भारतीय नागरिक पक्राउ परेको महिनादिन नवित्दै मङ्गलवार पुनः सोही आरोपमा अर्का एक भारतीय नागरिकलाई नियन्त्रणमा लिइएको छ ।
राजविराज नगरपालिका–५ स्थित पवि माध्यमिक विद्यालयमा अध्ययरत ५ वर्षीया बालिकालाई अपहरण गर्न खोजेको भन्दै मङ्गलवार भारतको सिलिगुढीका ५० वर्षीय विनोद लाहरलाई स्थानीयहरुले नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाइएको छ ।
लाहरले विष्णुपुर गाउँपालिका–७ का मनिकलाल चौधरीकी छोरी निशा चौधरीलाई विद्यालय अगाडीबाटै अपहरण गर्न खोजेको स्थानीयहरुको आरोप छ । चकलेट र पैसाको प्रलोभन दिएर बालिकालाई हात समाएर लैजाने क्रममा लाहरलाई नियन्त्रणमा लिएर प्रहरीको जिम्मा लगाएको राजविराज नगरपालिका–५ का वडाध्यक्ष समिर झाले जानकारी दिए ।
लाहरको साथबाट एक थान मोवाइल र एक थान घण्टी (मन्दिरमा प्रयोग हुने) समेत बरामद भएको प्रहरीले जनाएको छ । बंगाली भाषा बोल्ने गरेको लाहरले पटक पटक आफनो ठेगाना र नाम फरक फरक बताउँने गरेका कारण वास्तविक पहिचान पत्ता लगाउन समस्या भईरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी तिलक भारतीले बताए । ‘लाहरको मानसिक अवस्था ठिक नरहेको प्रारम्भिक अनुसन्धानबाट देखिएपनि बंगाली भाषा मात्रै बोल्ने गरेका कारण वास्तविकता वुझ्न समस्या भईरहेको छ’ उनले भने–‘थप कुरा वुझ्ने प्रयास भईरहेको छ ।’
प्रहरीकाअनुसार तीन साताअघि पनि लाहरलाई सोही प्रकृतिका घटना गरेको आरोपमा पक्राउ गरिएको थियो । तर, भाषागत समस्याका कारण प्रारम्भिक अनुसन्धानपछि लाहरलाई थुनामुक्त गरिएको जनाएको छ ।
गत कातिक १४ गते पनि जिल्लाको हनुमाननगर कंकालिनी नगरपालिका–४ हनुमाननगर बजारबाट मामा घर आएका मोरङ्गको कर्चियाका सञ्जय शर्माकी ८ वर्षीया छोरी आचल शर्मालाई चकलेट र विस्कुटको प्रलोभन दिएर भारततर्फ लैजाने क्रममा विहारको सुपौल बथनाहाका २० वर्षीया आनन्द गौसामी र भिडियाघाटका २२ वर्षीया अमिर झालाई पक्राउ गरिएको थियो ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer