Top_Header_Right_Add

दुई लाख ५० हजारबढी रुपैयाँको अवैध समान बरामद

दुई लाख ५० हजारबढी रुपैयाँको अवैध समान बरामद

राजविराज, १० मंसिर । सप्तरीको छुट्टाछुट्टै दुई स्थानबाट मङ्गलवार प्रहरीले दुई लाख ५० हजार रुपैयाँ बराबरको अवैध सरसमान बरामद गरेको छ ।
राजविराज नगरपालिका–१४ पर्साही र हनुमाननगर कंकालिन नगरपालिका–१ भारदहबाट सो अवैध सरसमान बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार पर्साहीमा भारतबाट भन्सार छलि गरी ल्याउँदै गरेको २ लाख रुपैयाँ बराबरको सरसमान बरामद गरिएको छ ।
को १७ प ३२८० नम्बर मोटरसाईकलमा लोड गरी दुईवटा काटुन ल्याउँदै गरेको सवारी साधनमा प्रयोग हुने लाग्ने समानहरु बरामद गरिएको हो । प्रहरी चौकी को–बर्साईनबाट खटिएको टोलीलाई देखेर तस्करीमा संलग्न व्यक्तिले मोटरसाइकल छोडेर भागेपछि सो समान र मोटरसाईकल बरामद गरिएको जनाएको छ ।
यसैगरी, भारदहमा चेकजाँच गर्ने क्रममा पूर्वबाट आउँदै गरेको सवारीमा भन्सार छलि गरी ल्याउँदै गरेको ५० हजारबढी रुपैयाँ बराबरको सरसमान बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरी टोलीले सो सरसमान बरामद गरेको हो ।
६ सय ४८ मिटर सिरकको खोल, २ किलो प्लाष्टिकको झोला, ६ थान प्लाष्टिकको जग, ६ थान काचँको ठुलो कचौरा, २४ थान काँचको सानो प्लेट, ४८ थान डिनर प्लेट, १ थान कप प्लेट सेट र १० प्याकेट अगरबत्ती गरी कुल ५० हजार ६ सय २० रुपैयाँ बराबरको समान बरामद गरेको जनाएको छ । सवै सरसमान आवश्यक कारवाहीकालागि भन्सारमा वुझाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer