• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तरीका राजेश विद्रोही उत्कृष्ट टपटेन कथा पुरस्कारबाट सम्मानित

सप्तरीका राजेश विद्रोही उत्कृष्ट टपटेन कथा पुरस्कारबाट सम्मानित

राजविराज, १० मंसिर । सप्तरी निवासी लेखक तथा साहित्यकार राजेश विद्रोही राष्ट्रिय कथा प्रतियोगितामा देशकै उत्कृष्ट टपटेन पुरस्कारबाट पुरस्कृत भएका छन् ।
चितवनको कविडाँडा साहित्य समाजले आयोजना गरेको राष्ट्रिय व्यापी कथा प्रतियोगितामा ६१ जना साहित्य स्रष्टाहरुले पठाएको कथाहरुमध्ये ११ जना उत्कृष्ट टपटेनमा परेका हुन् । जसमा राजदेव राम (राजेश विद्रोही) समेत परेका छन् । शनिबार चितवनको सौराहामा आयोजित कार्यक्रममा विद्रोही सहित ११ जना टपटेन उत्कृष्ट पुरस्कारबाट पुरस्कृत गरिएको छ ।
कविडाडाँ राष्ट्रिय कथा प्रतियोगिताका उत्कृष्ट टपटेन प्रतियोगीहरु पुन्यप्रसाद पोखरेलको कथा घोडा, मुना चौधरीको कथा समध, इन्द्र बहादुर भण्डारी इन्द्रेणीको, जमिल खाँको कथा मिसन प्रस्ताव, मन्दिरा मधुश्रीको कथा कुमारीको कोख, गायत्रकुमार चापागाईंको आरोहणको कथा, टंकबहादुर आलेमगरको कथा फेसबुके बाजे, चरित्रा शाह भण्डारीको कथा सम्बन्ध, राजेश विद्रोहीको कथा भोज, सिर्जन अविरलको कथा मोड, हिरा लामाको कथा बाजे, हरिप्रसाद अधिकारीको कथा चारमन दाउरा, कथारकथाकारहरु सम्मान सहित नगद पुरस्कारबाट पुरस्कृत भएका छन् ।
त्यस्तै खिना स्मृति पुरस्कार २०७६ बाट कवि इन्द्र रेग्मीलाई सम्मापत्र सहित रु ११ हजार १ सय ६० प्राप्त गरिएको छ । कविडाँडा अविनाशी पुरस्कारबाट ( २०७६ ) मैदारो उपन्यासका लागि आख्यानकार भूपिन रेग्मीलाई सम्मापत्र सहित रु १० हजार १ सय ६० नगद प्रदान गरिएको छ । कविडाँडा राष्ट्रिय उत्कृष्ट आख्यान पुरस्कार २०७६ बाट मरीचीका कथा संग्रहका लागि महेश थापा सम्मानपत्र सहित रु २५ हजार १ सय ६० प्राप्त गरेका छन् । यसैगरी कविडाडाँ साहित्य स्रष्टाहरु भागिरथी श्रेष्ठ,उषा शेरचन र नारायण ढकाल समेत सम्मानित भएका छन् । सम्मानित सबैलाई प्रमुख अतिथि माया ठकुरी, कविडाडाँका अध्यक्ष एलबी क्षेत्री र मीना लामिछानेले सम्मान प्रदान गरेका छन् ।