• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
राजविराजमा मनाईयो आठौं कर दिवस

राजविराज, १ मंसिर । सप्तरीको राजविराज स्थित करदाता सेवा कार्यालयद्वारा आइतवार आठौं राष्ट्रिय कर दिवस मनाईएको छ ।
‘स्वच्छ कर प्रशासन, विकास र सुशासन’ नाराका साथ कार्यालय अगाडिबाट विहान निकालिएको प्रभातफेरी राजविराज नगरक्षेत्रको विभिन्न भाग परिक्रमा गरेको थियो । मूल्य अभिवृद्धि कर लागू भएको दिनको सम्झनामा मनाउन थालिएको हो । कार्यक्रममा सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनाल, जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी उपरीक्षक कृष्ण प्रसाईं, घरेलु तथा साना उद्योग कार्यालय राजविराजका प्रमुख सन्तोष साह, निर्माण व्यवसायी संघका जिल्ला अध्यक्ष एनेश्वर दास, सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण कुमार प्रधान, संघका पूर्व अध्यक्ष मनोज कुमार मुन्धडा, करदाता सेवा कार्यालयका प्रमुख सुरेश दाहाल, हेभी इक्युप्मेन्ट समितिका अध्यक्ष दुर्गानन्द साह, नेपाल पत्रकार महाससंघ सप्तरीका उपाध्यक्ष श्यामसुन्दर यादव, उद्योगी, व्यवसायी, निजामती कर्मचारी, कर परामर्श सेवा केन्द्रका सञ्चालकहरु, करदाता समेतको सहभागिता रहेको थियो ।