• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

सप्तकोसी नपावासीको गर्जन ‘नालापानी हामी लड्छौं’

सप्तकोसी नपावासीको गर्जन ‘नालापानी हामी लड्छौं’

फत्तेपुर, २७ कार्तिक । भारतले नेपाली भू–भाग मिचेको विषयलाई लिएर सप्तरीको सप्तकोसी गाउँपालिकामा बुधबार विरोध प्रदर्शन कार्यक्रम गरिएको छ ।
कालापानी, लिपुलेक र लिम्पियाधुरा लगायत नेपाली भू–भागमा सिमा मिचिएको विषयलाई लिएर देशभर आन्दोलित रहँदा सप्तकोसी नगरपालिकाका वासिन्दाहरुले समेत भारत विरोधी प्रदर्शन गरेका हुन् । स्थानीय युवाहरूको अगुवाइमा निकालिएको र्यालीमा नगरवासीले समेत सहभागिता जनाएका छन् ।
सप्तकोसी नगरपालिका कार्यालय छेउबाट शुरु भएको भारत विरोधी नाराबाजीसहितको ¥याली फत्तेपुरको लोकतान्त्रिक चौकमा पुगी कोणसभामा परिणत भएको छ । कालापानी, लिपुलेक र लिम्पियाधुरा हाम्रो हो, गो ब्याक इन्डिया, भारतीय बिस्तारवाद मुर्दाबाद, सिमा मिच्न पाइँदैन, यस्तो छिमेकी चाहिदैन, एक पक्षिय नक्सा मान्दैनौं, पू्र्खाले लडे नाला पानी हामी लड्छांै काला पानी नाराहरु लेखिएको प्लेकार्ड बोकेर नगर परिक्रमा गरे ।
परिक्रमा पश्चात आयोजित कोणसभामा कार्यक्रममा अजय श्रेष्ठ(रघु) जाहुर हुसेन, अरुण कटवाल, नेपाली कांग्रेसका नगर सभापति रमेश कार्की, नेकपाका जिल्ला कमिटी सदस्य सन्तोष खतिवडा लगायतले कालापानी नेपालकै भएकाले भारतको दादागिरी तोड्न राष्ट्रिय एकता आवश्यक रहेको बताए । लिपुलेक, कालापानीसहितका नेपाली भू–भाग आफ्नोतर्फ रहेको विवादित नक्सा जारी गरेपछि देशैभरि भारतको विरोध भईरहेको छ ।
सप्तकोसी नगरपालिकाका वासिन्दाहरुले भारतीय नक्सा सच्याउन नेपाल सरकारले उचित प्रमाण र दस्तावेजका आधारमा तत्कालैबाट आवश्यक कूटनैतिक पहल थाल्नुपर्ने माग गरेका छन् ।