• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
तेरहौतामा मनाईयो सामाचकेवा महोत्सव

बिरेन्द्र बजार, २७ कार्तिक । सप्तरीको रुपनी गाउँपालिका वडा नम्बर ६ तेरहौतामा बुधबार भब्य कार्यक्रमको बिच सामाचकेवा पर्व मनाईएको छ ।
रुपनी गाउँपालिकाको सहयोगमा वडा नम्बर ६ मा कार्यक्रम आयोजना गरिएको हो । जानकी चौधरीको अध्यक्षता तथा रुपनी गाउँपालिकाका निमित्त अध्यक्ष गोबिन्द सिंह थापा मगरको प्रमुख आतिथ्य एवम् प्रमुख प्रशासकीय अधिकृत ललन कुमार यादवको विशिष्ठ आतिथ्यमा कार्यक्रम आयोजना भएको थियोे ।
प्रमुख अतिथि निमित्त अध्यक्ष मगरले सामाचकेवा पर्व संरक्षणमा थारु महिलाहरुको ठूलो योगदान रहेको बताए । कार्यक्रमले सामाजिक रुपान्तरणमा टेवा पुगेको भन्दै गाउँपालिकाले थारु लगायतका सम्पुर्ण समुदायको संस्कृति जगेर्नामा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । कार्यक्रमका बिशिष्ठ अतिथि यादवले समाजमा बिदेशी संस्कृतिले नकारात्मक प्रभाव पर्दै गएको बेला नेपाली मौलिक संस्कृतिको उजागर गर्न कार्यक्रम सहयोगी भएको बताए ।
कार्यक्रममा पत्रकार बृजमान तामाङ, कुमार मान श्रेष्ठ, बिष्णु थापा शुभनारायण यादव, ओमप्रकाश मेहता, रामाकान्त चौधरी, बद्रीनारायण चौधरी, बुधनी देवी सदा, पुष्पा श्रेष्ठ लौगी लगायतकाले समेत शुभकामना मन्तब्य व्यक्त गरे । कार्यक्रममा सामाचकेवाको कथामा आधारित सामाचकेवा गीत प्रतियोगिता समेत गरिएको छ ।
प्रतियोगितामा विभिन्न गाउँका गरि ९ वटा समूहका सहभागीहरुले गीत प्रस्तुत गरे । उक्त कार्यक्रममा समाचकेवाको रङ्गचङ्गी मुर्तिले सजावट गरि सयौ डाली लिएर थारु पहिरनमा सजिएकी थारु महिलाले झाँकी निकालेका छन् । सो कार्यक्रममा समाचकेवा कथामा आधारित नृत्य समेत प्रस्तुत गरिएको थियो । स्थानीय कञ्चन चौधरीद्वारा सञ्चालित कार्यक्रममा स्वागत सचिता कुमारी चौधरीले गरिन् ।