• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

आदिवासी जनजाति महासंघद्वारा शुभकामना आदान–प्रदान

आदिवासी जनजाति महासंघद्वारा शुभकामना आदान–प्रदान

राजविराज, १९ कार्तिक । सप्तरीको डाक्नेश्वरी नगरपालिकामा मङ्गलबार आदिवासी जनजाति महासंघ डाक्नेश्वरी नगर समवन्य परिषद्द्वारा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरेको छ ।
नगर समवन्व परिषदका अध्यक्ष अरविन्द कुमार चौधरीको अध्यक्षता तथा डाक्नेश्वरी नगरपालिकाका प्रमुख शिवनारायण साहको प्रमुख आतिथ्यमा दशै, तिहार, छठ र समाचकेवा पर्वको अबसरमा शुभकामना आदान–प्रदान कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा शुभकामना दिदै नगर प्रमुख साहले आदिवासी जनजाति समुदायलाई सहयोग गर्न प्रतिवद्व रहेको बताए । उनले आदिवासी समुदायको समस्या र आबश्यकतालाई आगामी नगरको योजना बनाउने प्रतिबद्धता व्यक्त गरे ।
नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका अध्यक्ष बृजमान तामाङले नेपालमा विभिन्न समुदायले मनाउने पर्वलाई राज्यले सम्मानजनक रुपमा व्यवहार गर्नुपर्ने बताए । सरकारले कुनै एक समुदायको चाडलाई राष्ट्रिय सम्मान दिने र अन्यलाई निःशेध गरेर अपमान गरेको टिप्पणी गरे ।
डाक्नेश्वरी नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा डाक्नेश्वरी नगरपालिकाका वडा नम्बर ८ का वडा अध्यक्ष उमेश कुमार यादव, नेपाल आदिवासी जनजाति महासंघ सप्तरीका पुर्व अध्यक्ष महेन्द्र प्रसाद चौधरी, डाक्नेश्वरी नगरपालिकाका प्रमुखका प्रत्यासी उम्मेदवार, नारायण यादव, उपप्रमुखका प्रत्यासी उम्मेदवार मिन्तु चौधरीले, आदिवासी जनजाति महासंघ शम्भुनाथका नगर अध्यक्ष श्रीनारायण चौधरी, डाक्नेश्वरी नगरपालिकाका कार्यपालिका सदस्य रामसुन्दर मण्डल, अशोक कुमार चौधरी, धनाई मण्डल, रमेश कुमार चौधरी, सरिता चौधरी लगायतकाले शुभकामना मन्तव्य व्यक्त गरे ।
आदिवासी जनजाति महासंघ डाक्नेश्वरी नगर समवन्व परिषद्का उपाध्यक्ष रामचन्द्र मण्डलद्वारा सञ्चालित कार्यक्रममा स्वागत सल्लाहकार तोशेन चौधरीले गरे ।