• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

नेगडामा आयोजित पञ्च शिल्ड क्रिकेटमा लहानको शान्दार जीत

नेगडामा आयोजित पञ्च शिल्ड क्रिकेटमा लहानको शान्दार जीत

राजविराज, १८ कार्त्तिक । सप्तरीको बोदे बरसाइन नगरपालिका–२ नेगडामा आयोजित १४ औं पञ्च शिल्ड क्रिकेट प्रतियोगिताको सोमवार सम्पन्न फाइनल खेलमा सिरहाको लहान टिम विजयी भएको छ ।
दिनाभद्री बाबा युवा क्रिकेट टिम नेगडा बैरिया–योगिया–बेल्हा–बोदे बरसाइन नगरपालिकाद्वारा सञ्चालित प्रतियोगितामा सप्तरीको मझौरालाई पराजित गर्दै लहान विजयी भएको हो । टस जितेर ब्याटिङ्ग गर्दै मझौराले २० ओभरमा १ सय ८ रन जोडे ।
प्रतिउत्तरमा जवाफी व्याटिङ्ग गर्दै लहानले ८ ओभरमा आफ्नो लक्ष्य पुरा गरे । प्रतियोगितापछि आयोजित एक कार्यक्रमकाबीच विजेता र उपविजेतालाई पुरस्कार हस्तान्तरण गरिएको छ । कार्यक्रमका प्रमुख अतिथी नगर प्रमुख आतेशकुमार सिंह यादवले विजेतालाई प्रथम पुरस्कार ५० हजार रुपैयाँ नगद र ट्रफी तथा उपविजेतालाई नगर उपप्रमुख रन्जुकुमारी साहले द्वितीय पुरस्कार ३० हजार रुपैयाँ नगद र ट्रफी हस्तान्तरण गरेका हुन् ।
पुरस्कार वितरण गर्दै नगर प्रमुख यादवले नगरमा खेलकुद क्षेत्रलाई विकास गर्न प्रतिवद्ध रहेको बताए । कार्यक्रममा प्रतियोगिताको म्यान अफ दी म्याच लहान टिमका प्रदिप यादव, वेस्ट फिल्डरद्वय मझौरा टिमका बसन्त चौधरी र उदय चौधरी तथा म्यान अफ दी सिरिज लहान टिमकै बब्लु ठाकुरलाई समेत पुरस्कृत गरिएको स्थानीय सञ्चारकर्मी उमेश साहले जानकारी दिए ।