• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
रुपनीमा बस दुर्घटना, एकको मृत्यु, २० घाइते

राजविराज, १६ कार्तिक । सप्तरीको रुपनी गाउँपालिका वडा नम्वर १ स्थित राजमार्गमा शुक्रवार राती पुर्बबाट पश्चिमतर्फ आउदै गरेको लु १ ख ८२१४ नम्वरको बस दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने २० यात्रु घाइते भएका छन् ।
राति करिब साढे १० बजेको समयमा काँकडभिट्टाबाट भैरहवा जाँदै गरेको बस र पूर्व जाँदै गरेको ना ८ ख ५९०३ नम्बरको ट्रक एक आपसमा ठोक्किएर दुर्घटना भएको हो । दुर्घटनामा बस चालक स्याङ्जाको जगतदेव घर भई हाल रुपन्देहीको बुटवल उपमहानगरपालिकाका ४० वर्षीय नोमोराज न्यौपानेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । दुर्घटनामा परि घाइते अवस्थामा उद्धार गरी रुपनी स्थित युनिक अस्पतालमा भर्ना गरिएका न्यौपानेको उपचारकै क्रममा मृत्यु भएको छ ।
ईलाका प्रहरी कार्यालय रुपनी, जि.प्रहरी कार्यालय सप्तरी र ईलाका प्रहरी कार्यालय कल्याणपुरबाट खटिएको प्रहरी टोलीले घाईतेहरुलाई उपचारको लागि युनिक अस्पताल रुपनीमा पठाईएको छ । प्रहरी नायव उपरीक्षक तिलक भारतीका अनुसार दुर्घटनामा परेका घाइतेहरुको विस्तृत विवरण यसप्रकार छः
१ जि.बुटबल नपा ३ बस्ने बर्ष ४२ को धन ब. सिरिस अबस्था अवस्था (मध्यम)
२ जि. नबलपुर कावासोती नपा ८ बस्ने बर्ष ४८ को ढोलराज सुबेदी अवस्था (मध्यम )
३ जि. झापा बिर्तामोड ६ बस्ने बर्ष २५ को निर्मल खतिवडा अवस्था (मध्यम)
४ ऐऐ बस्ने बर्ष १६ को गनेश खतिवडाअवस्था(मध्यम)
५ जि. रुपन्देही बेलबस ३ बस्ने चन्द्र थापाको छोरा बर्ष २ को समराज थापा अवस्था (मध्यम)
६ जि . झापा भद्रपुर नापा ९ बस्ने बर्ष १६ को युनिश निरौला, अवस्था(सामान्य)
७ जि. धनुषा औरहि गापा १ बस्ने बर्ष १९ को दिपेश कुमार साह, अवस्था(सामान्य)
८ जि . नबलपुर काउसति न.पा. २ बस्ने बर्ष २६ भरत काफ्लेअवस्था(सामान्य)
९ जि. रुपन्देही बुटबल नपा १३ बस्ने बर्ष १७ कि निषा पाण्डे, अवस्था(सामान्य)
१० जि. रुपन्देही बेलबस ३ बस्ने बर्ष २५ कि बिनिता थापा, अवस्था( सामान्य)
११ देश भारत दार्जिलिङ्ग बस्ने बर्ष ३१ को सुमन क्षेत्री अवस्था (सामान्य)
१२ ऐ.ऐ.बस्ने बर्ष २६ को प्रवेश गुरुङ, अवस्था(मध्यम)
१३ ऐ.ऐ. बस्ने बर्ष ४५ की सकुन्तला मुखिया, अवस्था(सामान्य)
१४ ऐ. बस्ने बर्ष २९ की लक्ष्मी प्रधान(सामान्य)
१५ ऐ. बस्ने बर्ष ५५की निरु प्रधान, अवस्था(सामान्य)
१६ जि.पाल्पा बननासकाली गा.पा. १ बस्ने बर्ष २३ को सुमन दर्लामी अवस्था(सामान्य)
१७ जि. अर्घाखाची संघिखर्क न.पा. १२ बस्ने बर्ष १७ की अनिता प्रधान, अवस्था(सामान्य)
१८ ऐ. बस्ने बर्ष २२ की कबिता प्रधान अवस्था(सामान्य)
१९ जि.नवलपरासी दवाचुली न.पा. १० बस्ने बर्ष ७० की मालती शर्मा अवस्था (सामान्य)
२० ऐ.बस्ने बर्स ४७ की निता शर्मा, अवस्था(सामान्य)