• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

गायिका शान्ति सदाको छठ गीतको भिडियो सार्वजनिक

गायिका शान्ति सदाको छठ गीतको भिडियो सार्वजनिक

सिरहा, १५ कार्तिक । सवरी संकल्प समाज गोलबजार सिरहाको सहयोग तथा शान्ति सदाको स्वरवद्ध पारम्परिक छठ सम्बन्धि गीतको म्युजिक भिडियो सार्वजानिक भएको छ ।
सुर्यनारायाण सिंहको रचना रहेको छठ मैयाके महिमा महिमा अगम अपार… बोलको गीतको म्युजिक भिडियोलाई शान्ति सदा र गुरुशरण सदा अफिसियल युट्युव मार्फत शुक्रवार सार्वजानिक गरिएको हो । गीतकार सिंहले शब्द मार्फत छठी मैयालाई चढाईने ठेकुवा, भुसवा, केरा र भक्तजनको श्रदाभावले गरि वास्तविकतालाई गीत मार्फत उजागर गरिएका बताए ।
गोलबजारकी शान्ति सदाद्वारा स्वरवद्ध गीतमा उनै गीतको म्युजिक भिडियोमा पनि देखापरेकी छिन् । छठी मैया सम्बन्धि पहिलो पारम्पारिक गीतलाई बजारमा ल्याएको अवगत गराउँदै उनले यसै गीत मार्फत पनि आफ्ना सम्पूर्ण छठी मैयाका श्रदालुहरु प्रति भक्तिमय शुभकामना समेत व्यक्त गरेका छन् ।
गीतले मैथिलमय भाव, शब्द सृजना र मौलिकता रहेकोले यस गीतले मैथिली जनमानसमा दिगो प्रभाव पार्न सक्ने विश्वास ब्यक्त गरेका छन् । गीतको म्युजिक भिडियोमा आदित्य ठकुरीको निर्देशन तथा सङ्गीता श्रेष्ठको सह निर्देशन रहेको छ । मैथिली गीत सङ्गीतको यात्रामा निरन्तर संघर्ष गरिरहेकी शान्ति सदाको यस गीतलाई संगीत संयोजन पारसमणीले गरेका छन् भने यस गीतलाई रेकर्ड एस.एम. सिरिज लहानमा रेकर्डिङ्ग गरिएको हो ।