• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

रमाइलो मेलामा नेपाल लोकस्टारका प्रतिष्पर्धी रविराजको प्रस्तुति

रमाइलो मेलामा नेपाल लोकस्टारका प्रतिष्पर्धी रविराजको प्रस्तुति

राजविराज, २३ असोज । सप्तरीको राजविराजमा सञ्चालित राजविराज रमाइलो मेलामा नेपाल लोकस्टारका प्रतिस्पर्धी रविराज साह आउने भएका छन् ।
सप्तरी युथ नेपालको आयोजनामा आयोजित रमाइलो मेलामा शनिवार मौलिक सिंगगिङ्ग रियालिटी शो नेपाल लोकस्टारका टप ६ का प्रतिस्पर्धी साह आउने भएका हुन् । एक भिडियो मार्फत आफू सप्तरीको सदरमुकाम राजविराजमा आयोजित राजविराज रमाइलो महोत्सवमा असोज २५ गते शनिवार आउने बताएका छ्न । नेपाल लोकस्टारमा आफ्नो भाषागत गीत संगीतमा सबैलाई झुमाउन सफल रविराज टप ६ सम्म पुगेका थिए ।
राजविराज रमाइलो महोत्सवमा ग्रीन नेपाल सह–आयोजकको रूपमा रहेको छ भने महोत्सवको प्रवद्र्धकको रूपमा सप्तरी उद्योग वाणिज्य संघ सप्तरी, सहयोगीमा राजविराज नगरपालिका र खेलकुद विकास समिति तथा समन्वय सबल नेपाल, एससीडिसी नेपाल, ड्रिम नेपाल, सनराज नेपाल, आइडियल सहकारी संस्था लि राजविराज रहेको छ ।