• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

सप्तरीका शक्तिस्थलहरुमा श्रद्धालुभक्तजनहरुको भींड

सप्तरीका शक्तिस्थलहरुमा श्रद्धालुभक्तजनहरुको भींड

राजविराज, १७ असोज । विजयादशमीको अवसरमा सप्तरी स्थित जिल्लाका शक्तिपीठ तथा मन्दिरहरुमा श्रद्धालुभक्तजनहरुको भींड बढ्दै गएको छ ।
छिन्नमस्ता गाउँपालिका स्थित शक्तिपीठ र कंकालिनी भगवती मन्दिरमा नेपाल तथा भारतको विभिन्न जिल्लाहरुबाट श्रद्धालुभक्तजनहरुको घुइँचो लाग्ने गरेको हो । एघारौं शताब्दितिर तत्कालिन राजा शक्रसिंहको कुलदेवीको रुपमा पूजित यस शक्तिपीठमा भाकल गरेपछि पुरा हुने जनविश्वास रहँदैआएको छ ।
घटस्थापनाको दिनदेखि विजया दशमीसम्म शक्तिपीठमा हरेक वर्ष दर्शन तथा पूजाआजा गर्न आउनेहरुको घुइँचो लाग्ने गर्दछ । छिन्नमस्ता शक्तिपीठमा देशमै सर्वाधिक बोकाको बली प्रदान हुने गर्दछ । शक्तिपीठमा सप्तमीको मध्य राती त्रान्त्रिक पद्धतिबाट विशेष पूजाआजा अर्थात निशा पूजा हुने गर्दछ ।
छिननमस्ता शक्तिपीठमा गत विगतका वर्षहरु भन्दा यो वर्ष श्रद्धालुभक्तजनको संख्यामा व्यापक बृद्धि भएको पाईएको छिन्नमस्ता शक्तिपीठका पीठाधीश महाकान्त ठाकुरले जानकारी दिएका छन् । उनका अनुसार विगतका वर्षहरुमा यसवर्ष सुरक्षाको दृष्टिकोणले थप व्यवस्थित गरिएको छ ।
यसैगरी हनुमाननगर कंकालिनी नगरपालिका स्थित भारदहको कंकालिनी मन्दिरमा समेत श्रद्धालुभक्तजनहरुको भींड बढ्दै गएको छ । उक्त मन्दिरमा नेपाल तथा भारतको विभिन्न स्थानहरुबाट श्रद्धालुभक्तजनहरु आउने क्रम व्यापक बढेको छ । कंकालिनी मन्दिरमा महानवमीका दिन राँगाको बली प्रदान गरिने परम्परा रहँदैआएको छ ।