• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
चोरी घटनाका आरापीको परिवर्तित नाम

राजविराज, १६ असोज । दुई दिनअघि (असोज १४) सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्वर ६ का रुपेशकुमार मण्डलको स ३ प ३७३८ नम्वरको मोटरसाइकल चोरी भयो ।
मोटरसाइकल चोरी भए लगत्तै मण्डलले टेलिफोन गरेर प्रहरीमा जानकारी गराए । जानकारी पाएसँगै प्रहरीले खोजतलाश कार्य थाले । खोजतलाशकै क्रममा जिल्ला प्रहरी कार्यालय सप्तरीका टोलीले मोटरसाइकल फेला पारे ।
मोटरसाइकलसहित मोटरसाइकल चोरीमा संलग्न दुई जनालाई नियन्त्रणमा लिए । उनीहरुलाई नियन्त्रण लिएपछि प्रहरीले बुधवार विज्ञप्ति जारी गर्दै घटना सार्वजनिक गरे । घटनामा संलग्न राजविराज नगरपालिका वडा नम्वर ७ का मुकेशकुमार मण्डल र सोही ठाउँका अन्य एक व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । तर, अर्को व्यक्तिको नाम भने सार्वजनिक गरिएको छैन् ।
विज्ञिप्तिमा भनिएको छ, ‘जिल्ला सप्तरी राजविराज नपा–७ बस्ने मुकेस कुमार मण्डल र ऐ.ऐ. बस्ने परिवर्तित नाम जिल्ला १५ सगरमाथा प्रतिवादीहरुलाई नियण्त्रणमा लिई थप अनुसन्धान कार्य भईरहेको छ ।’ यता, एसपी कृष्ण प्रसाईंले बाल अधिकार संरक्षणको निम्ति नाम गोप्य राखिएको हुनसक्ने बताए । ‘बालअधिकार संरक्षणको निम्ति नाम गोप्य राखिएको हुनसक्छ’ उनले भने–‘अन्य के रैंछ वुझ्छु ।’