
राजविराज, १५ असोज । सप्तरीको बलान बिहुल गाउँपालिकाको नीति तथा कार्यक्रम बुधबार एक कार्यक्रमका बीच सार्वजनिकीकरण गरिएको छ ।
गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतको अध्यक्षतमा आयोजित कार्यक्रममा उपाध्यक्ष नितु गुप्ताले गाउँपालिकाको नीति तथा कार्यक्रम सार्वजनिक गरेकी हुन् । उनले गाउँपालिकाको आर्थिक वर्ष २०७६÷०७७ कालागि ३१ करोड १६ लाख १९ हजार रुपैयाँको बजेट सार्वजनिक गरेकी छिन् ।
चाल आर्थिक खर्च १५ करोड ५६ लाख ६४ हजार, पूँजीगततर्फ १६ करोड ५९ लाख ५५ हजार रुपैयाँको बजेट विनियोजन गरिएको छ । नीति तथा कार्यक्रममा पूर्वाधार विकास, सामाजिक विकास, शिक्षा, स्वास्थ्य, आर्थिक विकास, कृषिकालागि विद्युतीकरण र सडक निर्माण लगायतका विषयहरुलाई प्राथमिकतामा राखिएको गाउँपालिकाका अध्यक्ष गोइतले जानकारी दिएका छन् । प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मतले पारित गरिएको छ ।
सार्वजनिकीकरण कार्यक्रम पश्चात विजयादशमी, दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान गरेको जनाईएको छ ।