• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

समाचार

हनुमाननगरमा नगर स्तरीय वक्तृत्वकला प्रतियोगिता

हनुमाननगरमा नगर स्तरीय वक्तृत्वकला प्रतियोगिता

राजविराज, १४ असोज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका स्थित महाबीर माध्यमिक विद्यालयमा नगर स्तरीय वक्तृत्वकला प्रतियोगिता मङ्गलवार आयोजना गरियो ।
सङ्गोर मिथिला नेपाल लहान र सप्तरी एकाई समितिद्वारा आयोजित ‘मातृभाषा विकासमे विद्यार्थीसभक भुमिका’ विषयक प्रतियोगिता आयोजना गरिएको हो । सत्यनारायण पंडितको अध्यक्षता तथा हनुमाननगर कंकालिनी नगरपालिकाका उप–प्रमुख सरिता यादवको विशिष्ठ आतिथ्यमा आयोजित कार्यक्रममा छात्रछात्राहरुले प्रस्तुति दिएका छन् ।
कार्यक्रममा सप्तकोशी बोर्डिङ्ग स्कुल, एभरेष्ट बोर्डिङ्ग स्कुल हनुमाननगर, महाबीर माध्यमिक विद्यालय हनुमाननगर, वि.पी. माध्यमिक विद्यालय भारदह, कंकालिनि मावि भारदहका दुई–दुई जना गरी १० जना छात्रछात्राहरुले सहभागिता जनाएका छन् । प्रतियोगितामा महाबीर माध्यमिक विद्यालयकी नेहा यादव पहिलो, एभरेष्ट ईङ्गलिस बोर्डिङ्ग स्कूलकी श्रीति झा र कंकालिनी माध्यमिक विद्यालयका रामकृष्ण झा तेस्रो भएका छन् ।
कार्यक्रममा मैथिली साहित्य परिषद्का पूर्व अध्यक्ष देवेन्द्र मिश्र, साहित्यकार अर्जुन प्रसाद गुप्ता ‘दर्दिला’, मिथिला साहित्य कला प्रतिष्ठानका अध्यक्ष श्री राम मण्डल भरोसी, देवेन्द्र झा, हृदयनारायण यादव, तेजू मैथिल, सरोज राम लगायतले यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । सोही कार्यक्रममा आनन्द ईङ्गलिस बोर्डिङ्ग स्कूलका छात्रछात्राहरुले नृत्य प्रस्तुत गरे । कार्यक्रम सञ्चालन युवा साहित्यकार विद्यानन्द बेदर्दी र गजेन्द्र गजुरले संयुक्त रुपमा गरे ।