• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
उत्साहकासाथ मतदान सकियो (फोटो फिचर)

राजविराज, ११ असोज । मैथिली साहित्य परिषद् सप्तरीको नयाँ कार्य समितिकालागि निश्चित गरिएको मतदान शनिवार सम्पन्न भएको छ । कुल ७ सय ६७ मतदाता रहेको परिषद्मा ४ सय ८५ जनाले मतदान गरेको निर्वाचन समिति संयोजक नथुनी दासले जानकारी दिएका छन ।
प्रतिकुल मौसमका वाबजुदपनि वर्षामा रुझ्दै मतदाताहरुले मतदान गरेका थिए । मतदानकालागि पूर्व प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादव, पूर्व शिक्षामन्त्री तथा वर्तमान संघिय संसदकी सांसद रेणुकुमारी यादव, पूर्व सिचाई मन्त्री उमेशकुमार यादव, इतिहासविद् डा.पीताम्वर लाल यादव, पूर्व प्राध्यापक उमाकान्त झा, रुपनी गाउँपालिकाका अध्यक्ष हरेराम यादव, समाजवादी पार्टी प्रदेश २ का मुख्यसचिव शम्भुकुमार झा, नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य अवधेशकुमार झा, प्रदेश समितिका सचिव रामनारायण विश्वास, सप्तरीकी प्रथम महिला शिक्षक बच्ची मिश्रा, राजविराज नगरकी उपमेयर साधना झा, नायिका डोली सरकार, गायिका अन्जु यादव लगायत पनि मतदानमा सहभागी भएका थिए ।
पूर्व निर्धारित कार्यक्रमअनुसार राजविराज स्थित बाल मन्दिर परिसरमा विहान १० बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो । २०२६ सालमा स्थापित परिषद्ले मैथिली भाषा साहित्य तथा मिथिला संस्कृतिको विकासकालागि काम गर्दै आएको छ ।