• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
मैथिली साहित्य परिषद्को मतदान

राजविराज, १० असोज । सप्तरीको राजविराज स्थित मैथिली साहित्य परिषद्मा नयाँ कार्य समिति चयन गर्नकालागि शनिवार मतदान हुँदैछ ।
निर्वाचन तालिकाअनुसार मतदानकालागि विहान ९ बजेदेखि ४ बजेसम्मको समयसीमा तोकिएको निर्वाचन समितिले जनाएको छ । परिषद्को नयाँ कार्य समितिकालागि यस पटक दुई पक्ष प्यानलसहित चुनावी प्रतिष्पर्धामा छन् ।
अध्यक्ष, उपाध्यक्ष, सचिव, उप–सचिव, कोषाध्यक्षसहित ६ जना सदस्य पदकालागि हुन गईरहेको निर्वाचन अन्तर्गत अध्यक्ष पदमा सतिशकुमार दत्त र रामखेलावन यादव प्यानलसहित चुनावी प्रतिष्पर्धामा छन् ।
दत्तको प्यानलबाट उपाध्यक्ष पदमा श्यामसुन्दर यादव, सचिवपदमा अजितकुमार ठाकुर, उप सचिवपदमा पंकजकुमार झा र कोषाध्यक्ष पदमा रामअधिन साह उम्मेदवार रहेका छन् । सोही प्यानलबाट सह–प्राध्यापक मिथिलेशकुमार यादव, चन्दनकुमार यादव, विद्यानन्द राम, भुपेशकुमार भुप, ध्रुवकुमार मण्डल र जीवछ दास सदस्य पदका रहेका छन् ।
यादवको प्यानलबाट उपाध्यक्ष पदमा भीमशंकर देव, सचिव पदमा अजयकुमार झा, उप सचिव पदमा दिनेशकुमार साह र कोषाध्यक्ष पदमा अमरकान्त झा उम्मेदवार रहेका छन । सोही प्यानलबाट भागीलाल यादव, भुपेन्द्रनारायण मण्डल, दिव्यानन्द मिश्र, विद्या झा ‘डेजी’, वरुणकुमार कर्ण र मालती दास सदस्य पदमा रहेका छन् ।
परिषद्मा कुल ७ सय ६७ जना मतदाता रहेको निर्वाचन समितिका संयोजक नथुनी दासले जानकारी दिएका छन् । उनले राजविराज स्थित बाल मन्दिर प्रागङ्गमा हुन गईरहेको मतदानमा सहभागी भएर आ–आफ्नो मदाधिकार प्रयोग गर्न सवै मतदाताहरुलाई आग्रह समेत गरे ।