Top_Header_Right_Add

लागुऔषधसहित तीन जना पक्राउ

लागुऔषधसहित तीन जना पक्राउ

राजविराज, १० असोज । सप्तरीको बोदे बरसाईन र सुरुङ्गा नगरपालिकाबाट शुक्रवार लागुऔषधसहित तीन जनालाई पक्राउ गरिएको छ ।
पक्राउ पर्नेहरुमा खडक नगरपालिका–९ का २९ वर्षीय प्रभुनारायण चौधरी, सुरुङ्गा नगरपालिकाका २२ वर्षीय प्रविण दाहाल र उदयपुरको त्रियुगा नगरपालिका–६ का २३ वर्षीय शाहिद अलि रहेका छन ।

चौधरीलाई बोदे बरसाइन बजारबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । मोटरसाइकलमा सवार चौधरीले एक व्यक्तिलाई ठक्कर दिएपछि चेकजाँच गर्दा उनको साथबाट १३ थान नाईट्राभेट ट्याब्लेट बरामद भएको प्रहरीले जनाएको छ । यसैगरी गोप्य सुचनाको आधारमा खटिएको सादा पोशाकको प्रहरी टोलीले सुरुङ्ग नगरपालिका–२ बाट दाहाल र अलिलाई पक्राउ गरेको छ ।
दुवै जनाको साथबाट १५ थान लुपिजेसिक एम्पुल, १८ थान नाईट्रोजन ट्याब्लेट र १२ थान फेर्नान ट्याब्लेट बरामद गरेको प्रहरीले जनाएको छ । उनीहरुमाथि थप अनुसन्धान भईरहेको जनाएको छ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer