• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

नेपाली सेनाद्वारा सञ्चारकर्मी तथा नागरिक प्रतिनिधिसँग अन्तरक्रिया

नेपाली सेनाद्वारा सञ्चारकर्मी तथा नागरिक प्रतिनिधिसँग अन्तरक्रिया

राजविराज, ३१ भदौ । सप्तरीको राजविराजमा नेपाली सेनाले तराई मधेशका सञ्चारकर्मी तथा नागरिक प्रतिनिधिसँग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
नेपाली सेना, समारोह श्रव्य दृष्य महाशाखा तथा भीमदल गणको संयुक्त आयोजनामा कार्यक्रम आयोजना गरिएको हो । सेना र आमजनता बीचको सम्बन्ध अझ प्रगाढ बनाउने उद्देश्यका साथ कार्यक्रम आयोजना गरिएको प्राविधिक महासेनानी ईश्वर कुमार श्रेष्ठले जानकारी दिएका छन् । सेनाको बारेमा बाहिरी आउने केही कुराले कहिलेकाही भ्रम पनि सृजना गर्ने गरेकोले यस्ता भ्रमलाई हटाउन र नागरिकको बुझाई थाहा पाएर नागरिक र सेनाको सम्बन्ध अझ प्रगााढ बनाउन गर्नुपर्ने थप कार्यबारे सुझाव लिन पनि यो कार्यक्रम आयोजना गरिएको उनले बताए ।
सेनामा हालै थालिएको विभिन्न पदको भर्ना कार्यक्रममा कुनै सोर्सफोर्स नचल्ने तथा योग्य र सक्षमले मात्र प्रवेश पाउने उनले प्रतिबद्घता जनाए । सवै नागरिकसँग एकै पटक साक्षात्कार हुन नसकेपनि सञ्चारकर्मी र सामाजिक अगुवासँग अन्तरक्रिया गरी सेना र जनता बीचको वास्तविक वास्तविक सम्बन्धलाई अझ प्रगााढ बनाउन खोजिएको उनले जानकारी दिए ।
सेना र जनताविचको दुरी तथा उत्सुकता मेटाउन पनि सेनाले अन्तरक्रिया कार्यक्रम थालनी गरेको हो । महासेनानी सोवेन्द्र महतले भने, यसमा तपाईहरुको सहयोग साथ र सु्झाव चाहिएको छ । विगतमा पनि नेपाली सेना र जनताविचको कसिलो सम्बन्धले नै विपद जोखिमका बेला काम गर्न सहज भएको सुनाउँदै भीमदल गणका प्रमुख सेनानी गुप्त बहादुर कुँवरले यो सम्बन्ध अझ उचाईमा पुर्याउन खोजिएको उनले बताए ।
यो अभ्यास नेपालका लागी सुरुवाती मात्र रहेपनि अन्तर्राष्ट्रिय स्तरमा भने पुरानो भई सकेको उनको भनाई थियो । कार्यक्रममा प्राविधिक प्रमुख सेनानी प्रधुम्न पौडेल, सेनानी रविन अधिकारी, सह सेनानी अनिल यादव लगायतले पनि बोल्दै सेनाले पुर्याउँदैआएको योगदान तथा आगामी कार्यनीतिबारे चर्चा गरे ।
कार्यक्रमका सहभागी सञ्चारकर्मी तथा नागरिक अगुवाहरुले सेनाले थालनी गरेको नागरिकसँगको सम्वादले तराई मधेशमा सकारात्मक सन्देश जाने भन्दै यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । कार्यक्रममा नेपाली सेनाले विभिन्न समयमा गरेको सकारात्मक कार्य सम्पादन झल्किने चार वटा वृतचित्र र सफलताको कथा समेत प्रस्तुत गरिएको थियो ।