Top_Header_Right_Add

राजपा सप्तरीले ब्ल्याक आउट गर्ने

जनप्रतिनिधिलाई समेत संविधान दिवशमा सहभागी नहुन निर्देशन
राजपा सप्तरीले ब्ल्याक आउट गर्ने

राजविराज, ३० भदौ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपाल जिल्ला कार्य समिति सप्तरीले असोज ३ गते कालो दिवश (ब्ल्याक आउट) विभिन्न कार्यक्रम गरी मनाउने निर्णय गरेको छ ।
समितिको सोमवार बसेको बैठकले म्याकिङ्ग, कालो झण्डा प्रदर्शन, मोटरसाइकल ¥याली, विरोधसभासहितका कार्यक्रम गरी कालो दिवश मनाउने निर्णय गरेको हो । समितिका संयोजक हरेराम यादवको अध्यक्षता तथा पार्टीका केन्द्रिय वरिष्ठ उपाध्यक्षद्वय मृगेन्द्रकुमार सिंह यादव र शेखरकुमार सिंह लगातयको विशेष उपस्थितीमा बसेको बैठकले जिल्लामा राजपाबाट निर्वाचित जनप्रतिनिधिहरुलाई समेत संविधान दिवशमा भाग नलिन निर्देशन समेत गरिएको छ ।
असोज २ र ३ गते प्रचार प्रसारको लागि म्याकिङ्ग गर्ने, २ गते विहान ७ बजे गजेन्द्र चौकमा कालो झण्डा प्रदर्शन गर्ने, ३ गते विहान ७ बजे सरकारी कार्यालय र चौक–चौकमा कालो झण्डा गाड्ने र प्रदर्शन गर्ने निर्णय गरिएको छ । यसैगरी सोहि दिन साढे ११ बजेदेखि कालो झण्डासहित मोटरसाइकल ¥याली र दिउँसो ३ बजे जनआन्दोलन चौकमा विरोधसभा गर्ने कार्यक्रम तय भएको पार्टीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
विज्ञप्तिअनुसार कालो दिवश मनाउन सप्तरीको ४ वटै निर्वाचन क्षेत्रमा कार्यक्रम गर्न जिम्मेवारी समेत बाँडफाँड गरिएको छ । क्षेत्र नम्वर १ मा शैलेशकुमार साह, २ मा सतिशकुमार सिंह, ३ मा शिवनारायण साह र ४ मा मृगेन्द्रकुमार सिंह यादवलाई संयोजक तोकिएको विज्ञप्तिमा जनाइएको छ । सोही बैठकबाट पार्टीका केन्द्रिय सदस्य तेजकान्त झाको निधन प्रति शोक समेत व्यक्त गरिएको छ ।

Classified Saptari Buy and Sell in Saptari

About The Author

News Portal Web design in Saptari Offer