• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भाषा-संस्कृति

मुर्तिकलामा रमाईरहेका कापैरको व्यथा

‘कलामै जिवन विताउने अभिप्रायले मुर्तिकला क्षेत्र अंगाले, तर चाडवाड बाहेकका समय सोचेर अहिलेदेखि नै दुखित हुनु परेको छ’
मुर्तिकलामा रमाईरहेका कापैरको व्यथा

विद्यानन्द राम
राजविराज, ३० भदौ । कला क्षेत्रमै जीवन निर्वाह गर्ने उद्देश्यले मुर्तिकला क्षेत्र अंगालेपनि भविष्य नदेखेपछि सप्तरीका कतिपय मुर्तिकारहरु विदेशीए । मुर्तिकलामा कुनै निकायबाट सहयोग नपाएर झन ग्रामीण क्षेत्रका मुर्तिकारहरु त आफुमा भएको कला गुम्साउन बाध्य भएका छन ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ भारदहका विनोदकुमार कापैर भने माटाका मुर्ति बनाउँदै यही पेशामा रमाईरहेका छन । तर, यो कलामा सरकारको ध्यान र सरसहयोग नहुँदा थोरै संख्यामा रहेका मुर्तिकारहरु समेत लोप हुदै गईरहेका छन् ।


‘बच्चा अवस्थादेखि अत्यधिक रुची रहेकोले ७ वर्षसम्म मुर्तिकला सिके’ उनले थपे–‘अहिले माटामा जस्तोसुकै आकृति उतार्न सक्छु ।’ उनी १० वर्षदेखि व्यावसायीक रुपमा मुर्ति बनाउदै दुःख सुख जिवन चलाउन आएपनि माटो र रङ्गसँग लामो समय खर्चेर तयार भएका कलाकृर्तीमा सरकारले ध्यान नदिएकाले आफु जस्ता मुर्तिकारहरुलाई निरुसाहित हुने परेको कापैर बताउँछन् ।
‘विश्वकर्मा पूजा, वडा दशैं, छठ पर्व, लक्ष्मी पूजा, श्रीपञ्चमी, कृष्णाष्ठमी लगायतका चाडवाडको वेला त ठिकठाकै कमाई हुन्छ’ उनले भने–‘अन्य समयमा के गर्ने, कसो गर्ने भने अन्यौलतामै दिन वित्छ ।’

सो अवधिमा परिवार चलाउन पनि कढिनाई हुने गरेको उनको भनाई छ । ‘कलामै जिवन विताउने अभिप्रायले मुर्तिकला क्षेत्र अंगाले, तर चाडवाड बाहेकका समय सोचेर अहिलेदेखि नै दुखित हुनु परेको छ’ उनले भने–‘मुर्तिकारको बारेपनि स्थानीय, प्रदेश र संघ सरकारले थोरै ध्यान दिए आफुहरुको अन्य समय समेत सहज हुने विश्वास छ ।’
प्रत्येक वर्ष कन्या संक्रान्तिको दिन मनाउने विश्वकर्मा पूजाका लागि भगवान विश्वकर्माको मुर्ति बनाउन यतिवेला व्यस्त देखिएका कापैरले मुर्तिकारहरुको पेशा जोगाउन पहल हुनुपर्ने माग समेत गरे ।


‘हिन्दु धर्मावलम्विहरूले असोज १ गतेका दिन मनाउने विश्वकर्मा पूजाको मुर्ति बनाउन यतिवेला भ्याइ नभ्याइ छ, त्यसैले ज्यादै समस्या वखान गर्न नसकेपनि आफुहरुको समेत पेशा संरक्षण हुनुपर्ने आवश्यकता छ ’ उनले थपे–‘यसतर्फ सम्वन्धित पक्षलाई ध्यान पु¥याउन आग्रह छ ।’
कापैरले भारदह स्थित बजारमै चार जना सहयोगी राखेर दर्जनौं मुत्र्ति निर्माण गरेर विक्री गर्दै आएका छन । दुई महिनाअघिदेखि नै मुर्ति निर्माणमा जुटेर यतिवेला दिनरात काम गरिरहेको उनको भनाई छ ।