• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

देशैभरिका एसईई र कक्षा १२ उतीर्ण मुसहर विद्यार्थी सम्मानित

देशैभरिका एसईई र कक्षा १२ उतीर्ण मुसहर विद्यार्थी सम्मानित

राजविराज, २८ भदौ । २०७५ सालको एसइई उतीर्ण देश भरीका १७२ र कक्षा १२ उतिर्ण ४८ जना मुसहर विधार्थीहरुलाई शनिवार जनकपुरधाममा सम्मान गरिएको छ ।
प्रदेश २ सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, मुसहर समुदायबाट पहिलो पिएचडी तथा भारत, बिहार राज्यको सांसद डा. सन्तोष माझी मुसहर र प्रदेश २ सरकारको नीति आयोगका उपाध्यक्ष प्रा.डा. भोगेन्द्र झाले संयुक्त रुपमा मुसहर विद्यार्थीहरुलाई प्रोत्साहन पत्र, माला र अबिर लगाएर सम्मान गरे । भोर, शक्तिहिनको सशक्तिकरणः मुसहर समुदायको समग्र उत्थान अभियानको नेतृत्वदायी पहलमा उक्त सम्मान समारोह आयोजना गरिएको थियो ।
भोरले विगत ९ वर्षदेखि देशभरीबाट एसएलसी उतिर्ण मुसहर विधार्थीहरुलाई सङ्कलन गरी प्रत्येक वर्ष सम्मान गर्दै आईरहेको छ । विगतका ९ वर्षदेखि नै एसइई उतिर्ण मुसहर विधार्थीहरुलाई सम्मान संगै दीनाभद्र्री छात्रवृती कोष मार्फत देश विदेशका परोपकारी व्यक्ति र भोरका सदस्यहरुको योगदानबाट ती विधार्थीहरुलाई उच्च शिक्षा अध्ययन गराउन आर्थिक तथा प्राविधिक सहयोग गर्दै आई रहेको भोरका अध्यक्ष राजकुमार महतोले जानकारी दिएका छन् ।
भोर, शक्तिहिनको सशक्तिकरण मुसहर समुदायको समग्र उत्थान अभियानको अगुवाई र नेपाल राष्ट्रिय मुसहर संघको समन्वयमा एसइई २०७५, कक्षा १२, स्नातक, स्नातकोत्तर र पिएचडी उतिर्ण मुसहर विधार्थीहरुलाई सम्मान र उच्च शिक्षा अध्य्यन गर्न सहयोग घोषणा समारोह नेपाल राष्ट्रिय मुसहर संघको अध्यक्ष चन्देश्वर सदाको अध्यक्षतामा आयोजना गरिएको थियो । प्रदेश २ सरकारका आन्तरीक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवको प्रमुख आतिथ्य तथा मुसहर समुदायबाट पहिलो पिएचडी गर्ने भारत विहार राज्यका सांसद डा. सन्तोष माझी मुसहर र प्रदेश २ सरकारका नीति आयोगका उपाध्यक्ष प्रा.डा. भोगेन्द्र झाको विशिष्ट आतिथ्यमा सञ्चालन भएको थियो ।
सम्मान समारोहको सञ्चालन भोरको कोषाध्यक्ष पचुलाल माझी मुसहरले गरे । सोही कार्यक्रममा प्रदेश २ का सांसद राम आषिस यादव र फुलिया देवी सदा लगायतको सहभागिता थियो । समारोहमा झापादेखि नवलपरासीसम्मका तीन सय भन्दा बढी मुसहर विद्यार्थी, अभिभावक र अन्य सरोकारवालाहरुको सहभागिता रहेको थियो ।