• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

भाषा-संस्कृति

मिथिला साहित्य कला प्रतिष्ठानद्वारा तीन जना सम्मानित

मिथिला साहित्य कला प्रतिष्ठानद्वारा तीन जना सम्मानित

राजविराज, २८ भदौ । सप्तरीको राजविराजमा आयोजित एक कार्यक्रमका बीच नेपाल लोकस्टार प्रतियोगी सुषमा झासहित सुभाष विरपुरिया र सरोजकुमार राम सम्मानित भएका छन् ।
मिथिला साहित्य कला प्रतिष्ठान नेपालका अध्यक्ष श्रीराम कुमार मण्डलको अध्यक्षता तथा मैथिली साहित्यकार करुणा झाको प्रमुख आतिथ्यमा कार्यक्रम आयोजना गरिएको हो । मैथिली साहित्यिक तथा साङ्गितिक कार्यक्रमक श्रृङ्खला २२ का प्रमुख अतिथि करुणा झा, प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष देवेन्द्र मिश्र, मैथिल महिला परिषद राजविराजका अध्यक्ष शान्ति झाद्वारा तीनैजनालाई दोसल्ला तथा सम्मान–पत्रबाट सम्मानित गरिएको छ ।
यसअघि मैथिली साहित्यिक तथा साङ्गितिक कार्यक्रमको श्रृङ्खला २२ अन्तर्गत ई. दिव्यानन्द मिश्र, शान्ति झा, ललिता झा, धीरेन्द्र मण्डल ‘मधेशी’, कृष्ण मैथिल, डा. रञ्जित झा, गायत्री मिश्र, शम्भूश्री, करुणा झा सहितका व्यक्तिहरुद्वारा कविता, गजल, तथा गीत प्रस्तुत गरे ।