• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

‘नेपाल लोकस्टार’को टप टेनमा प्रदेश २ बाट एक्लो रविराज

‘नेपाल लोकस्टार’को टप टेनमा प्रदेश २ बाट एक्लो रविराज

राजविराज, १८ भदौ । एपीवान टेलिभिजनबाट प्रशारण भईरहेको सिङ्गगिङ्ग रियालिटी शो ‘नेपाल लोकस्टार’मा प्रदेश २ बाट एक्लो रबिराज साह टप टेन अर्थात उत्कृष्ट दशमा पर्न सफल भएका छन् ।
उत्कृष्ट गायन शैलीका कारण विभिन्न राउण्डहरु पार गर्दै भोटिङ्ग राउण्डमा दर्शकहरुद्वारा प्राप्त भोटको आधारमा उनी छनौटमा परेका हुन् । प्रदेश २ बाट छनौट हुँदै सप्तरीकी सुषमा झा समेत रहे पनि उनी टप १४ मा पुगेर कम भोटिङ्गले गर्दा सुषमा ‘शो’बाट बाहिरिएकी थिइन् । आफुलाई माया गरेर भोटिङ्ग गर्ने सम्पूर्णलाई रविराजले ‘न्यूज टुडे’मार्फत धन्यवाद् दिएका छन् ।
सर्लाहीको चन्द्रनगर गाउँपालिका १४, पोखरिया निवासी २६ वर्षिय साहले विजेता बन्ने लक्ष्यकासाथ आफु अगाडि बढिरहेको भन्दै भोटिङ्गको अझैं आवश्यकता पर्ने भएकोले सहयोग गर्न सबैपक्षसँग आग्रह गरेका छन् । बाल्यकालदेखि नै गायनमा विशेष रुची राख्दैआएका उनी हाल भारतको मुम्बइस्थित भारतीय विद्यापीठमा शास्त्रीय सङ्गीत विषयमा अध्ययनरत छन् । अ
बाल्यकालदेखि नै गायनमा विशेष रुची राख्दैआएका उनी हाल भारतको मुम्बइस्थित भारतीय विद्यापीठमा शास्त्रीय सङ्गीत विषयमा अध्ययनरत छन् । आफु प्रदेश २ बाट एक्लो प्रतिष्पर्धी रहेकोले सबैको सहयोग भए अगाडिका राउण्डहरु पार गर्दै विजेता बन्न सहज हुने उनले बताए ।
नेपालकै सर्वाधिक पुरस्कार राशी भएको उक्त ‘रियालिटी शो’ को विजेताले ५० लाख नगद, दोस्रो हुनेले २५ लाख नगद तथा तेस्रो हुनेले १० लाख नगद पुरस्कार तथा उत्कृष्ट १२ जनाले विश्व भ्रमण प्याकेज पाउनेछन् ।