• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

मनोरञ्जन

भोटिङ्ग गर्न लोकस्टार प्रतियोगी रविराजको आग्रह

भोटिङ्ग गर्न लोकस्टार प्रतियोगी रविराजको आग्रह

राजविराज, १२ भदौ । सिङ्गगिङ्ग रियालिटी शो ‘नेपाल लोकस्टार’मा प्रदेश २ बाट एक्लो रबिराज साह हालसम्म उत्कृष्ट गायन र शैलीका कारण विभिन्न राउण्डहरु पार गर्दैआएका छन् ।
एपीवान टेलिभिजनबाट प्रशारण हुँदै आएको उक्त ‘रियालिटी शो’मा हाल टप ११ मा छन् । प्रदेश २ बाट छनौट हुँदै सप्तरीकी सुषमा झा समेत रहे पनि उनी टप १४ मा पुगेर कम भोटिङ्गले गर्दा ‘शो’ बाहिरिएकी थिइन् ।
सर्लाहीको चन्द्रनगर गाउँपालिका १४, पोखरिया निवासी २६ वर्षिय साह हाल डेन्जर जोनमा छन् । सोमबारदेखि शुक्रवार १२ बजेसम्म भोटिङ्ग रहने भएको उनले बढी भन्दा बढी भोटिङ्ग गर्न सबैसँग आग्रह गरेका छन् । भोटिङ्ग राउण्ड भएकोले अत्यधिक भोट आए मात्र टप टेनमा पर्ने भएकोले रबिराजले भोटिङ्गकालागि सहयोग गर्न सबैपक्षसँग आग्रह गरेका छन् ।
बाल्यकालदेखि नै गायनमा विशेष रुची राख्दैआएका उनी हाल भारतको मुम्बइस्थित भारतीय विद्यापीठमा शास्त्रीय सङ्गीत विषयमा अध्ययनरत छन् । आफु प्रदेश २ बाट एक्लो प्रतिष्पर्धी रहेकोले सबैको सहयोग भए अगाडिका राउण्डहरु पार गर्दै विजेता बन्न सहज हुने उनले बताए । ‘न्यूज टुडे’सँग संक्षिप्त कुराकानीमा उनले भने ‘मलाई माया गरेर कृपया बढी भन्दा बढी भोट गरिदिनुहोस्, किनभने यो भोटिङ्ग राउण्ड हो, भोटकै आधारमा छनौट हुनेछु ।’
यसैबीच नेपाल लोकस्टारबाट फिर्ता भएकी सुषमा झाले समेत रबिराजलाई बढी भन्दा बढी भोटिङ्ग गर्न आग्रह गरेकी छिन् । एक–एक भोटको महत्व हुने भएकोले सिङ्गो प्रदेश २ को शानको रुपमा रहेका प्रभावशाली गायक रबिराजलाई सहयोग गर्न आग्रह गर्दै उनले भनिन् ‘भोटिङ्ग राउण्डमै कम भोटका कारण मलाई ‘शो’बाट बाहिरिनुप¥यो, त्यसैले रबिराज दाईलाई बढी भन्दा बढी भोट गरेर विजेता बन्नमा सहयोग गरिदिनुहुन अनुरोध छ ।’
नेपालकै सर्वाधिक पुरस्कार राशी भएको उक्त ‘रियालिटी शो’ को विजेताले ५० लाख नगद, दोस्रो हुनेले २५ लाख नगद तथा तेस्रो हुनेले १० लाख नगद पुरस्कार तथा उत्कृष्ट १२ जनाले विश्व भ्रमण प्याकेज पाउनेछन् ।