• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

देवराम मधेशीको नेतृत्वमा मधेशी महासभा घोषणा

देवराम मधेशीको नेतृत्वमा मधेशी महासभा घोषणा

राजविराज, ३१ साउन । स्वतन्त्र मधेश गठबन्धनबाट असन्तुष्ट नेताहरुको एक समूहले वैकल्पिक राजनीतिक शक्तिको रुपमा मधेशी महासभाको घोषणा गरेका छन् ।
महासभाका संयोजक देवराम मधेशीले एक प्रेस विज्ञप्ति जारी गर्दै मधेशी महासभाको घोषणा गरेका हुन् । मधेश मुक्तिको अभियानलाई नयाँ ढङ्गले सच्चा क्रान्तिकारीहरुलाई संगठित हुन, राज्यद्वारा भईरहेको मधेश विरोधीकार्यहरुको बारेमा समयमै मधेशीजनतालाई सचेत गराउन तथा मधेशको नाममा मधेशी जनतालाई नै समय–समयमा मधेशवादी दलहरुले धोका दिँदै आएको प्रेस विज्ञप्तिमा आरोप लगाईएको छ ।
मधेश मुक्तिको अभियानलाई इमान्दारीपूर्वक अगाडि बढाउने तथा मधेश मुक्तिको एजेण्डाहरुलाई सफलिभुत बनाउने ऐतिहासिक जिम्मेवारी र दायित्वलाई आत्मबोध गर्दै मधेशमा एक सच्चा व्रmान्तिकारी सङ्गठनको आवश्यकतालाई महशुष गर्दै मधेशी महासभा नामक नयाँ राजनीतिक संगठनको निर्माण गर्ने आफुहरुले संकल्प लिएको संयोजक देवरामले प्रतिवद्धता व्यक्त गरेका छन् । ‘यो सङ्गठन मूल रुपमा मधेशको भूमिलाई समग्र राजनीतिक एकाईको रुपमा स्थापितगर्नका लागि दृढसंकल्पित छ, यसका अन्य नीति र कार्यक्रमहरुका बारेमा बृहद गोलमेच सम्मेलन मार्फत निर्णय लिईनेछ ।’
मधेश र मधेशी जनतामाथि राज्यद्वारा सदियौदेखि भईरहेको शोषण र विभेद यथास्थितिमा रहेको भन्दै संघीयता विरोधी कानूनहरु पारित भईरहेको आरोप लगाईएको छ । संविधानमा रहेको आरक्षणको प्रावधान समेतको विरुद्ध लोकसेवा आयोग मार्फत कर्मचारी भर्ना प्रक्रिया तिब्रताका साथ अगाडी बढाएको संयोजक देवराम मधेशीद्वारा प्रेषित विज्ञप्तिमा भनिएको छ ।
मधेशी जनताको आवाजका विरुद्ध संविधान संशोधनको कुरा गर्न थालिएको आरोप लगाउँदै विज्ञप्तिमा अगाडि भनिएको छ ‘राज्यद्वारा भईरहेको मधेश विरोधी कामहरुलाई विरोध गर्नुको सट्टा अझ समर्थन नै गर्दैआएको छ, सत्ता र भत्ताको खेलमा लागेको छ ।’ आपूmलाई स्वघोषित रुपमा मधेश मुक्तिकालागि अवतार नै लिएको र आफु नै मधेशको एक मात्र तारणहार भएको भन्नेले पनि आफ्नो एजेण्डालाई राज्य समक्ष समर्पण गरेको तथा आफु लज्जास्पद रुपमा आत्मसमर्पण गरेको प्रेस विज्ञप्तिमा आरोप लगाईएको छ ।
मधेश मुक्तिको अभियानलाई नयाँ ढङ्गले सच्चा व्रmान्तिकारीहरुलाई संगठित हुन, राज्यद्वारा भईरहेको मधेश विरोधीकार्यहरुको बारेमा समयमै मधेशीजनतालाई सचेत गराउन तथा मधेशको नाममा मधेशी जनतालाई नै समय–समयमा धोखा दिँदै आएका तथा कथित मधेशवादी दलहरुको बारेमा समेत भण्डाफोर गर्नु आवश्यक रहेको जनाईएको छ । अर्कोतर्फ मधेश मुक्तिको अभियानलाई इमान्दारीपूर्वक अगाडि बढाउने तथा मधेश मुक्तिको एजेण्डाहरुलाई सफलीभुत बनाउन ऐतिहासिक जिम्मेवारी र दायित्वलाई आत्मबोध गर्दे मधेशमा महासभा घोषणा गरिएको उल्लेख गर्दै विज्ञप्तिमा अगाडि भनिएको छ ‘अन्य नीति र कार्यक्रमहरुका बारेमा बृहद गोलमेच सम्मेलन मार्फत निर्णय लिईनेछ ।’