• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

राष्ट्रिय

इतिहासविद् दासको निधनमा गोइतद्वारा दुःख व्यक्त

इतिहासविद् दासको निधनमा गोइतद्वारा दुःख व्यक्त

राजविराज, २८ साउन । सप्तरीको राजविराज स्थित महेन्द्र विन्देश्वरी क्याम्पसका पूर्व इतिहास तथा संस्कृति विभाग प्रमुख सह–प्राध्यापक हरिकान्त लाल दासको निधनप्रति जनतान्त्रिक तराई मुक्ति मोर्चा (क्रान्तिकारी)ले दुःख व्यक्त गरेको छ ।
मोर्चाका केन्द्रीय समितिका अध्यक्ष जयकृष्ण गोइतले मङ्गलवार शोक समवेदना जारी गर्दै दुःख व्यक्त गरेका हुन् । ‘स्वाभिमानी, मैथिली अस्मिताको लागि लड्ने योद्धा, तराईको गौरव इतिहासविद् हरिकान्त लाल दासको असामयिक निधनको खबरले स्तब्ध भएको छु’ शोक समवेदनामा अगाडि भनिएको छ ‘वहाँको ऐतिहासिक कृतिहरुबाट म बडो प्रभावित भएको छु ।’ .
इतिहासको जानकारी सन्दर्भमा पटक–पटक भेट्ने प्रयत्न गरे पनि मेरो भूमिगत जीवनशैलीको कारण भेट्न नपाएकोमा आफु साह्रै दुःखी भएको शोक समवेदनामा जनाईएको छ । इतिहासविद् दासप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै अध्यक्ष गोइतले शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गरेको छ । .