• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
आगलागीमा चार घर जले

राजविराज, २८ साउन । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–३ सकरपुरामा मङ्गलवार आगलागी भएको छ । आगलागीमा दुई परिवारको ४ वटा घर जलेको छ ।
महन्ती मुखियाबाट अचानक सल्केको आगो फैलिएर मुखियाको ३ तथा छिमेकी देवीलाल मुखियाको एउटा घर पूर्ण रुपमा जलेको गाउँपालिकाका अध्यक्ष सतिशकुमार सिंहले जानकारी दिए ।
आगलागीमा दुवैको घरमा रहेको अन्नपात, लत्ताकडा, भाडाकुडा लगायतको सरसमान जलेको प्रहरीले जनाएको छ । आगो स्थानीय, प्रहरी र वारुणयन्त्रको सहयोगमा नियन्त्रणमा आएको छ ।