Top_Header_Right_Add

तिलाठी कोईलाडीमा दुई दिनको कार्यक्रम एक दिनमै चट्ट

तिलाठी कोईलाडीमा दुई दिनको कार्यक्रम एक दिनमै चट्ट

बालमैत्री स्थानीय शासन अवलम्वन तथा विस्तार सम्बन्धि स्थानीय सरोकारवालाहरुका लागी दुई दिने अनुशिक्षण कार्यक्रममा गाउँपालिकाबाट प्रकाशन गरिएको सूचना अनुसार दुई दिनको थियो । त्यसकालागि बजेट १ लाख ५० हजार रुपैयाँ रहेको थियो । यद्यपी कार्यक्रम १ दिनमै सकियो र सहभागीहरुलाई डेढ सय रुपैयाँको स्टेश्नरी हुनुपर्नेमा समेत लगभग दश रुपैयाँको डट्पेन र १० रुपैयाँमा हुने कापी दिएको छ ।

कमल कुमार मण्डल
यो तस्वीर तिलाठी कोईलाडी गाउँपालिका स्थित एक दिने पशु सेवा शाखा स्तरीय तालिमको हो । तस्वीर गाउँपालिकाको वेवसाइटबाट लिइएको हो । तालिममा प्रशिक्षकले आफ्ना कार्य जारी राखेका छन् तर, सहभागीहरु आफनै कार्यमा व्यस्त छन् । (तस्वीरमा हेर्न सक्नु हुन्छ ।) केही सहभागीहरु मात्र ध्यान दिएका छन् तर, केहीले आफ्नै गफगाफ, गीत सुन्दै तथा अर्कैअर्कै धुनमा व्यस्त छन् । यति खर्चेर पनि आखिर उपलब्धि के ? बजेट मात्र सकाउने हो कि ?
कुरा गरौं, भर्खरै विभिन्न स्थानिय तहमा लक्षित वर्ग अन्तर्गतका कार्यक्रमहरु धमाधम आयोजना हुदै छ । कतिपय स्थानिय तहमा सम्पन्न पनि भईसकेको छ । विभिन्न कार्यक्रमहरुमा १ लाख देखि ३ लाख रुपैयाँसम्म छुट्टयाइएको हुन्छ तर सहभागीहरुका अनुसार यातायात खर्चका नाममा दिइने भत्ता समेत कटौती हुन्छ । दुई दिनको कार्यक्रम एकदिनमै सकाईन्छ ।
तिलाठी कोईलाडी गाउँपालिका वडा नम्बर २ लौनियाँ स्थित बालमैत्री स्थानीय शासन अवलम्वन तथा विस्तार सम्बन्धि स्थानीय सरोकारवालाहरुका लागी दुई दिने अनुशिक्षण कार्यक्रममा गाउँपालिकाबाट प्रकाशन गरिएको सूचना अनुसार दुई दिनको थियो । त्यसकालागि बजेट १ लाख ५० हजार रुपैयाँ रहेको थियो । यद्यपी कार्यक्रम १ दिनमै सकियो र सहभागीहरुलाई डेढ सय रुपैयाँको स्टेश्नरी हुनुपर्नेमा समेत लगभग दश रुपैयाँको डट्पेन र १० रुपैयाँमा हुने कापी दिएको छ ।
अनुगमनमा पनि एकदम बडो मान्छेहरु, जान्छन् । उनीहरुका अनुसार सब ठिक हुन्छ । आखिर किन ? ३ घण्टामा लाखौंको रुपैयाँ सकिन्छ । कतिपय सहभागीहरुलाई कार्यक्रमको नाम पनि थाहा हुदैन् । गाउँपालिका र गैरसरकारी संस्था बीच सम्झौता भए अनुसार कार्यक्रम गरियो भने गैरसरकारी संस्थाकर्मीहरुलाई घाटा लाग्न सक्छ किनकि व्यापक कमिशन दिन सक्ने तथा पावर र पहुँच भएकाले मात्रै कार्यक्रम पाउँछन् ।

सम्बन्धित निकाय किन चुप रहन्छ त ? यस विषयमा सञ्चारकर्मीहरु समेत केही ध्यान दिदैन, किन ? बिना पहुँचवालाहरुसँग त वडा अध्यक्षले कार्यक्रमको बारेमा सिफारिसका लागी कुरा पनि गर्दैन । संस्थाको कागजपत्रहरु हेर्नु त दुरको कुरा हो, अध्यक्षले डाइरेक्ट नाइ भन्छन् ।
(मण्डल तिलाठी कोइलाडी गाउँपालिकाका प्रशिक्षार्थी पत्रकार हुन् ।)

Classified Saptari Buy and Sell in Saptari

About The Author

लेखक यादव पत्रकारिताका साथै भाषा, साहित्य, कला, संस्कृति, पर्यटन, ऐतिहासिक एवम् पुरातात्विक क्षेत्रमा कलम चलाउँछन् (सं) ।

News Portal Web design in Saptari Offer