• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा
चौध वर्षिया दलित बालिकाको बलात्कार

रामनाथ यादव
राजविराज, २३ असार । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकामा एक १४ वर्षिया दलित वालिकाको बलात्कार भएको छ ।
गत वुधवार मदिरा खुवाएर बलात्कार गरिएको घट्ना ढिलो गरी सार्वजनिक भएको हो । तिलाठी कोईलाडी गाउँपालिका वडा नम्वर ७ वभनगामाकट्टी स्थित लक्ष्मी वल्लभ नर्सिङ्ग माध्यमिक विद्यालयमा निर्माणाधिन भवनमा मजदुरी गर्ने वालिकाको बलात्कार भएको स्थानीय बताएका छन् । उक्त विषयमा हालसम्म प्रहरीमा भने उजुरी पुगेको छैन ।
विद्यालयका कार्यालय सहयोगी शिवशंकर मण्डल र एक मजदुर घटनामा संलग्न भएको जनाईएको छ । उनीहरु दुवै जना फरार छन् । प्रहरीले उनीहरुको खोजी गरिरहेको छ । घटनाको विषयमा जानकारी आए पनि वालिकाको तर्फबाट उजुरी नआएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायव उपरीक्षक भावेश रिमालले जानकारी दिए । बलात्कार वा बलात्कार उद्योग भन्ने विषय उजुरपछि अनुसन्धान हुने उनले जानकारी दिएका छन् ।
उक्त घटनाको विषयमा सोधपुछका लागि एक महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ । तिनै महिलाले फकाएर बालिकालाई मजदुरीमा लगेको र जवरजस्ती मदिरा सेवन गराएको पीडित परिवारले जानकारी दिएका छन् ।