• |
समाचार भिडियो अडियो विविध हाम्रो बारेमा

खेलकुद

पहिलो महिला सप्तरी प्रिमियर लिग शुभारम्भ

सुरुङ्गाद्वारा खडक नपा टिम ८ विकेटले पराजित
पहिलो महिला सप्तरी प्रिमियर लिग शुभारम्भ

राजविराज, १३ असार । राजविराज स्थित पब्लिक विन्देश्वरी माध्यमिक विद्यालयको क्रिकेट मैदानमा नेपालमै पहिलो पटक महिला सप्तरी प्रिमियर लिगको पहिलो खेलमा सुरुङ्गाले एक पक्षीय खेलमा खडकलाई ८ बिकेटले पराजित गरेको छ ।
टस जितेर पहिलो ब्याटिङ्ग गर्ने निर्णय गर्दै खडकले निर्धारित २० ओभरको खेलमा ८ विकेटको नोक्सानीमा ८२ रनको योगफल तयार पारे । खडककालागि सन्तोषी चौधरी १८, सरस्वती चौधरी १२, रश्मी शर्मा १० र काजल श्रेष्ठले ९ रनको योगदान दिए भने बलिङ्गतर्फ सुरुङ्गाकालागि सङ्गीता राई र सोमु बिष्टले सामान २ विकेट तथा रुविना क्षेत्री र अप्सरा बेगमले समान १ विकेट लिए ।
८३ रनको झिनो लक्ष्य लिई मैदानमा ओर्लेको सुरुङ्गाले उक्त लक्ष्य १९ ओभर १ बलमा २ बिकेटको नोक्सानीमा पुरा गरेका थिए । सुरुङ्गाकालागि रोमा थापाले नटआउट रहँदै ३४ तथा अप्सरा बेगमले नटआउट रहँदै १५ रनको योगदान दिए भने रुबिना चौधरी र नितु भण्डारीले क्रमश १४ र १३ रनको योगदान दिए । खडकका लागि शान्ति चौधरी र रश्मी शर्माले सामान १ विकेट लिए । खेलको म्यान अफ द म्याच सुरुङ्गाका रोमा थापा भए ।
प्रतियोगिता अन्तर्गत उद्घाटन कार्यक्रम सबल नेपालका कार्यकारी निर्देशक दिपक कुमार झाको अध्यक्षतामा तथा राजविराज नगरपालिकाका नगर प्रमुख शम्भु प्रसाद यादवको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रमको उद्घाटन राजविराज नगरपालिकाका उप–मेयर साधना झा, सुरुङ्गा नगरपालिकाका उपमेयर बिन्दा कुमारी पासवान र खडक नगरपालिकाका उपमेयर यासमिन सुल्तानले संयुक्त रुपमा क्रमशः ब्याटिङ्ग, बलिङ्ग र किपिंग गरिन् । कार्यक्रममा राजविराज नगरपालिका वडा नम्वर ५ का अध्यक्ष समिर कुमार झाले स्वागत मन्तव्य व्यक्त गरे भने कार्यक्रम तिलाठी कोईलाडि गाउँपालिका अध्यक्ष सतिश कुमार सिंह, नेपाली सेनाका सेनानी अमर बहादुर थापा, सप्तरी क्रिकेट संघका अध्यक्ष आयुश श्रेष्ठ, सिस्का एलइडी कन्ट्री प्रमुख श्यामबावु झा लगायतको उपस्थिति थियो । कार्यक्रमको सञ्चालन सबल नेपालका कार्यक्रम सुपरभाईजर राधेश्याम रामले गरे ।